महिना दिनमा नै भत्कियो पिच,बम्जन भन्छन गुणस्तरहिन भए सजाय भोग्छु



सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. १० लखिमाबाट वडा नं. १३ ठाकुर दमारसम्म गरिएको कालोपत्रे महिना दिनमा नै भत्किए पछि यतिवेला राष्ट्रिय चर्चाको बिषय बनेको छ ।

यस सडकका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखि विभिन्न व्यक्तिहरुले चासो देखाएका छन ।

असार १६ गते राति ठूलो पानी परेर खोल्सा थुनिएकोले १२.५ किलोमिटरको लम्बाइमा रहेको यस सडकको बाँदरे खोला देखि कामिटार सम्म ३ सय ५० मिटर सडकको कालोपत्रे पुरै उप्किएको स्थानीय बीरबहादुर मोक्तानले बताए।

नेपाल सरकार र एसियन बिकास बैंक संयुक्त वजेट २५ करोड ८० लाखको लगानीमा इ.सि.आई कन्काई जेभीको रोहवरमा रहेको सडक निर्माण कार्यको पछिल्लो समय सिन्धुली कै इमानुवल निर्माण कम्पनीले गरेको थियो ।

६.२५ चौडाई भएको सडकमा नालीको भाग र ग्रावेल छाडेर ४.५० मिटर चौडाईको कालोपत्रे सहित सडक निर्माण गर्ने ठेक्का दुई बर्षमा सकिने गरी १५ पुस २०७५ बाट सुरु भएको थियो ।

सडकको कालोपत्रे तीन सेन्टिमिटर हुनु पर्ने सम्झौता भएपनि त्यो भन्दा पातलो विछ्याईएको र वेस तथा सववेसमा राम्रोसँग कम्प्रेसन नगरको र ढुगां माथि नै अलकत्र राखेकाले कालोपत्रे उप्किएको देख्न सकिन्छ ।

कोरियन कम्पनी इ.सि. आई. र कन्काई जेभिले सडक निर्माणको जिम्मा लिएर २४ पौष २०७६ सक्नु पर्ने लक्ष्य लिएर काम सुरु गरेको थियो । सडक निर्माणको लागि सिन्धुलीको इमानुवल निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।

तर, यस बिषयमा इमानुवल निर्माण कम्पनीका सञ्चालक छेत्र बम्जनले ठूलो पानी परेर खोल्सा थुनिएकोले त्यसको असर सडकमा परेको बताए।

उनले भने, यो सडक मेरो कम्पनीले निर्माण गरेको हो । त्यसैले गुणस्तरहिन रहेको पुष्टी भएमा म कारबाहिको भागिदार हुन तयार छु । साथै उनले थपे, मेरो गल्ती प्रमाणीत भए फाँसी जान तयार छु।

सडक निर्माणको गुणस्तरमा कुनै सम्झौता नगरेको दाबी गर्दै बम्जनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सडक भत्किएको तस्बिर भाइरल गरेर तिललाई पहाड बनाएको आरोप लगाए ।

राज्यको रकम एकसुक्का पनि नलिई तीन वर्षसम्म बाटो निर्माणलाई निरन्तरता दिने उनले बताए । अबको निर्माण कमजोर नहुने समेत उनको प्रतिक्रिया छ । ​सडक २०७८ पुस सम्ममा निर्माण सम्पन्न गर्नु पर्ने बाध्यता रहेको छ, उनले भने ।


सडकलाई १३ किलोमिटर जोड्ने भनिए पनि सडकको बिच भागमा रहेको बादरे खोलामा पुल नै निर्माण भएको छैन ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ ।‌

‘‘देख्दा सामान्य समस्या जस्तो लागेता पनि समयमै व्यवस्थापन नगरिएमा कत्ले कीरा र कालो ध्वाँसे रोगले जुनार तथा सुन्तलाजात फलफूल उत्पादनमा