मदन भण्डारी राजमार्गमा पाँच सय विरुवा रोपियो



डिभिजन वन कार्यालय सिन्धुलीले मदनभण्डारी राजमार्ग क्षेत्रमा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा ट्रि गार्ड सहित पाँच सय वटा विभिन्न जातको विरुवाहरु रोपेको छ ।

सिन्धुलीकव् कमलामाई नगरपालिका–१४ चन्दनपुर देखि कमलामाई नगरपालिका–९को इनारपानी क्षेत्र सम्म वन कार्यलयले मदनभण्डारी राजमार्गको दायाँ बायाँको खाली क्षेत्रमा विभिन्न जातको विरुवा रोपिएको हो ।

दिवसको अवसरमा कार्यालयले रोड साईड प्लान्टेसन कार्यक्रम अन्र्तगत संरक्षण सहित (घेरावेरा) सहित पाँच सय वटा विभिन्न जातको विरुवा रोप्ने डिभिजन वन कार्यालयका प्रमुख थीरवहादुर कार्कीले बताए । यो वर्ष पाँच सय वटा विरुवा सडक क्षेत्रको दायाँ वायाँ सडकको सौन्दर्यता कायम हुने गरी रोपिएको उनले बताए ।

यस बर्ष सडक क्षेत्रको दायाँबायाँ करिव २० लाख रुपैयाको लागतमा विरुवा रोपिने उनले बताए । अहिले कार्यालयले कम्तिमा पनि ५ फिट उचाई भएको विरुवा रोपेको र त्यसलाई चहिने कम्पोष्ट मल, मलिलो माटो र त्यसलाई संरक्षण गर्नको लागी ट्रि गार्ड समेत राखिएको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी न्यौपानलेले डिभिजन वन कार्यालयले अहिले सुरु गरेको सडक क्षेत्रमा विरुवा रोप्ने कार्य वन कार्यालयको मात्र नभएर सवै नागरिकको कार्यक्रम भएको बताए । उनले कार्यालयले अहिले रोपेको विरुवाको संरक्षण गर्नु यहाँको नागरिकको कर्तव्य पनि भएको बताए । उनले राज्यको लागनी भनेकै स्थानीयको लगानी भएकाले यसको संरक्षण र उपभोग दुवै स्थानीयले नै गर्ने उनले बताए ।
दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी न्यौपानेले एक अशोकको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरे । यसैगरी प्रहरी उपरिक्षक थपलिया, डिभिजनल अधिकृत कार्की, प्रमुख सेनानी लगायतले विरुवा रोपेर दिवसको शुभारम्भ गरेका हुन ।
विरुवा रोप्ने कार्यको सूरुवात सोमवार भएपनि यो निरन्तर चल्ने र यसको सरंक्षण स्थानीय नै गर्नु पर्नेमा वत्ताहरुले जोड दिए ।
मदन भन्डारी लोकमार्गको सडक किनारमा घेराबार सहितको विभिन्न नौ प्रजातिका ५ सय वटा वहुबर्षिय विरूवा रोपण गरिने डिभिजन अधिकृत कार्कीले बताए ।

डिभिजन वन कार्यलयका प्रमुख थीर बहादुर कार्कीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुरेश प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वन तथा वातावरण गण चन्दनपुरका प्रमुख सेनानी, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलिया, वडा नम्वर १४ का वडा अध्यक्ष किरण माझि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन डिभिजन वन कार्यालयका सहायक वन अधिकृत संघर्ष सक्षम मिश्रले गरेका थिए ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामप्रसाद भण्डारीलाई चयन गरेको

सिन्धुली । नेकपा एमाले गोलन्जोर गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । गोलन्जोर गाउँपालिका -७ खुर्कोटको आजाद समृती भवनमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मसिन गर्ने भएको छ । शुक्रबार सम्पन्न