वाइफाइको पासवर्ड नदिएको भन्दै,असई आचार्यले भने कोतपर्व घटाउँछु



धेरै लाई लाग्न सक्छ,नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्ने,सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने, महिला तथा बालबालिकासँग पूरा इज्जत र नम्रतासाथ व्यवहार गर्ने,मानवअधिकारको संरक्षण सम्बद्धन , सामाजिक सद्भाव बिथोल्ने, सुरक्षा प्रतिकूल, गैर कानुनी एवम् गम्भीर आपराधिक क्रियाकलाप नियन्त्रण र सरकारको आदेश र निर्देशनको पालना  गर्छ भनेर ।


तर,सिन्धुलीको फिक्कल गाउँपालिका -५ सोल्पाठानामा रहेको रात्नावती प्रहरी चौकी इन्चार्ज प्रहरी सायक निरीक्षक(असई) ईश्वरी प्रसाद आचार्यले  वडा कार्यालयको वाई फाइको पासवर्ड नदिएको भन्दै, जनप्रतिनिधि सर्वसाधारण नागरिकहरू लाई कोतपर्व घटाउँछु भनेर धम्की दिँदै खुलेआम हिँडेका छन् ।


सरुवा भएर ३ महिना अघि मात्रै साेल्पाठाना पुगेका असई आचार्यले गत जेठ १२ गते फिक्कल गाउँपालिका प्रवक्ता समेत रहेका वडा नं-५ का वडा अध्यक्ष राजु बराललाई धम्की दिएका हुन।


शान्ति सुरक्षा दिनुको उल्टो उनका गतिविधिहरू जनप्रतिनिधि र सरकार कुरा काट्ने जनतालाई  आतङ्कित बनाउने क्रियाकलाप गरेको वडा अध्यक्ष राजु बरालेले सिन्धुली दर्पण सँग बताए । बरालले दर्पणसँग भने, अराजक गतिविधिले गर्दा हामीले वडा कार्यालयको वाई फाई को पासवर्ड बन्द गरेका थियौँ । तर उनले अनुरोध गरेर माग्नुको साटो हामी माथि नै कोतपर्व घटाउने धम्की दिएको देख्दा मलाई अचम्म लाग्यो ।’
आचार्यको अराजक गतिविधिले स्थानीय व्यापारी समेत आजित बनेका छन् बरालले भने ।


यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी मनोज कुमार लामा उक्त घटना बारेमा भर्खरै जानकारी प्राप्त गरेको सिन्धुली दर्पणलाई बताए । डिएसपी लामाले, भने ‘हामी अहिले अनुसन्धानमा लागेका छौँ ।  आचार्य दोषी देखिएमा उनलाई तत्काल कारबाही गर्छौँ ।’


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुलीमाढी । नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच विद्युत् पोल प्रयोगको भाडासम्बन्धी विवादले चरम रुप धारण गरेको छ । बढाएको दरअनुसार

नेपालीहरुको महान् चाड वडा दशैं, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विशेष सुरक्षा योजना बनाएको छ ।

सिन्धुली । चर्को आवाज निकाल्ने  मोडिफाई गरिएका मोटरसाइकलहरु सडकमा गुडिरहँदा पनि प्रहरी मौन बसेको छ । सिन्धुलीमा पछिल्लो समय केही