सांसद खड्का र मेयर खत्रीको जस लिने होडबाजी



बाग्मती प्रदेशसभा सदस्य विनोद कुमार खड्का र कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री जस लिने होडबाजीमा देखिएका छन्।


अहिले बाग्मती प्रदेश सरकारले दिएको स्कुल बस र डिजिटल ( आइसिटी ) ल्याबको सांसद खड्का र मेयर खत्री बिचमा जस लिनको लागि सामाजिक सञ्जालमा होडबाजी नै देखिएको छ ।

बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय बाट सिन्धुलीको नमुना गौमती माध्यमिक विद्यालय माढीबजार,  जनज्योति माध्यमिक विद्यालय फोस्रेटार , श्री माध्यमिक विद्यालय गडौली , कालिका माध्यमिक विद्यालय पल्लो रामपुर ,   , कमला जनज्योति माध्यमिक विद्यालय सिलामे र कमला    माध्यमिक विद्यालय ढ्ग्रेबासमा   स्कुल बस  परेको छ ।
त्यसै गरी  जनजागृति माध्यमिक विद्यालय  भीमान र माध्यमिक विद्यालय निबुवा टारमा डिजिटल ( आइसिटी ) ल्याब परेको छ । यसको जस लिनको लागि उनीहरुले समाजिक सञ्जालको प्रयाेग गरेका छन्।


बाग्मती प्रदेशसभा सदस्य विनोद कुमार खड्काले बुधवार दिउँसो करिब दुई बजे तिर आफ्नो फेस्बुक मार्फत  उनले आफ्नो निर्वाचन क्षेत्रका माद्यामिक बिद्यालयहरुमा स्कुल बस र डिजिटल ( आइसिटी ) सेवा उपलब्ध गराउने निर्णय गरेकोमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय लाई धन्यवाद दिएका थिए।


त्यसै गरी कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीको सचिवालयबाट सञ्चालन गरिएको फेस्बुबाट खड्का ले पोस्ट गरेको करिब १ घण्टा पछि कमलामाई  नगरपालिकाको सिफारिस र प्रस्तावमा बागमती प्रदेश  शिक्षा विकास निर्देशनालयले नगर भित्रका विद्यालय मर्जिङ भएर आएका माध्यमिक बिद्यालय हरुलाई स्कुल बस र आइसिटी ल्याब स्वीकृत भएको भन्दै तत्कालीन जिल्ला शिक्षा अधिकारी चन्द्र प्रसाद लुइँटेल लाई धन्यवाद दिएको छ।


यसबाट उनीहरूको जस लिने होडबाजी प्रस्ट देख्न सकिन्छ ।


यस विषयमा बाग्मती प्रदेशसभा सदस्य विनोद कुमार खड्काले सिन्धुली दर्पण सँग भने, ‘यो काम मेरो पहल मानै भएको हो । तर सिफारिस नगरपालिकाले दिएको होला? तर अहिले साथीहरू जस लिनको लागि सामाजिक सञ्जालमा उत्रिनु भएको छ।’

मुख्यमन्त्री प्रेस संयोजक प्रकाश दाहालले स्थानीय तह र प्रदेश सांसदको उतिकै भूमिका रहने सिन्धुली दर्पण लाई जानकारी दिए । उनले भने, ‘प्रदेश सरकारको बजेट हो सिफारिसको लागि स्थानीय तहको भूमिका हुन्छ भने त्यसको पहलको लागि प्रदेश सांसदको हुनु भूमिका स्वभावीकै हुन्छ ।’


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अजेरास्ववियू(क्रान्तिकारी) सिन्धुलीले विभिन्न मागहरू राख्दै प्याबसन र एनप्याबसन सिन्धुलीलाई आज

सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् युथफोर्स उपप्रमुख पुष्पराज श्रेष्ठले सिन्धुली माओवादी नेता राजन दाहालको साम्राज्य नभएको

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ को