दाहालले दिए,अस्पताल लाई जन्मदिनमा कुलर मेसिन



निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले जन्मदिन पारेर सिन्धुली अस्पताल लाई कुलर मेसिन हस्तान्तरण गरेका छन्।


उनले ४१ औँ जन्मोत्सवको अवसरमा अस्पताललाई ५५ लिटर क्षमताका ३५ हजार मूल्य बराबरका दुई थान कुलर मेसिन सहयोग गरेका हुन्।


जन्मदिनमा हुने अनावश्यक फजुल खर्च कटाएर अस्पताल लाई सहयोग गरेको दाहालले बताए ।

उनले भने, ‘विश्व कोरोना महामारी सँग जुधिरहेको छ।  यस अवस्थामा सबै ठाउँमा बेड,अक्सिजन र एसी नहुन सक्छ । बिरामी लाई धेरै गर्मी हुन सक्छ । त्यसैले मैले एसी नभएको ठाउँमा केही राहत होस् भन्ने हेतुले कुलर मेसिन सहयोग गरेको छु ।’


यता,सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद कुमार पोख्रेलले गर्मीले छटपटाई रहेका बिरामी हरूको लागि शीतलता प्रदान गरी राहत प्रदान गरेर जन्मोत्सवमा पुण्य कर्म गरेकोमा दाहाल लाई धन्यवाद दिए ।

त्यसै गरी उनले दाहालको आगामी दिनको उज्ज्वल भविष्यको कामना सहित शुभकामना दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सिन्धुलीको चौथो अधिवेशनले ३ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सिन्धुलीमाढीमा

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी छन् । शनिबार बिहान उनले मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी हुन् ।

सिन्धुलीमाढी । नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच विद्युत् पोल प्रयोगको भाडासम्बन्धी विवादले चरम रुप धारण गरेको छ । बढाएको दरअनुसार