इन्जिनियरको तलब मासिक ६० हजार पुग्नुपर्छ



Hello Sindhulidarpal good morning hoina

१६/१७ वर्षको उमेरमा जो कोहीमा पनि इमानदारिता, लगनशीलता, देशभक्ति, राष्ट्र प्रेम र आत्मसम्मान नसा नसामै हुन्छ । काहिँ कतै भ्रष्टाचारको खबर सुन्दा भ्रष्टाचार विरोधी आवाज मन र मस्तिष्क भित्रबाट गुन्जन्छ ।


इन्जिनियरको तलब मासिक ६० हजार पुग्नुपर्छ !सोही व्यक्तिले देश निर्माण र देश विकासको सपना बोकेर इन्जिनियरिङको पढाइ थाल्छ । जब उसले ४ वर्ष लगाएर इन्जिनियरिङको पढाइ पुरा गर्छ तब उसले कलेजमा तिरेको १०/१२ लाखको बिल सर्टिफिकेट भन्दा बढी सुरक्षित राखेको हुन्छ ।


केही अवसरवादीहरू ‘म बनाउँछु मेरो देश’ भन्ने दम्भ बोकेर इन्जिनियरिङ पढ्छन् र विदेश पलायन हुने, अन्य फिल्डमा होमिने गर्छन् । कतिपय बाध्यताले यसो गर्लान् । तर, इन्जिनियरिङ र देशलाई माया गर्नेहरू कदापि यो फिल्ड छाड्न सक्दैनन् । किन कि उनीहरूको सपना नै असल इन्जिनियर बनेर देश बनाउने, देशलाई बिग्रनबाट बचाउने हुन्छ । त्यसपछि सुरु हुन्छ सङ्घर्ष ।


इन्जिनियरको तलब मासिक ६० हजार पुग्नुपर्छ। इन्जिनियरको तलब मासिक ६० हजार पुग्नुपर्छ !ऊ सबैभन्दा पहिला जागिर खोज्न चारैतिर भौँतारिन्छ । जागिर पाउन आफ्नो पहुँचअनुसार वडा सदस्यदेखि मन्त्रीसम्म गुहार्छ । बल्लतल्ल कुनै कन्सल्टेन्सी वा कन्स्ट्रक्सन कम्पनीमा मासिक ८–१० हजार रुपैयाँको जागिर पाउँछ । या, भनौँ दिनरात मेहनत गरेर सरकारी जागिर प्राप्त गर्छ र निजामती सेवामा प्रवेश गर्छ ।


कन्सल्टेन्सी र कन्स्ट्रक्सनमा काम गर्नेहरू क्लाइन्ट र लेबरबाट हेपिन थाल्छन् । त्यसपछि उनीहरू पनि सरकारी जागिरकै लागि ‘ट्राई’ मार्न पुग्छन् । सोच्छन्, सरकारी जागिरे भएपछि कमसेकम इज्जत त पाइन्छ । इज्जत मात्र होइन बिहे गर्न केही पनि त पाइन्छ नि । यो मेरो होइन, जागिरे हुन चाहनेहरूको सोच हो ।


अब जागिरपछिका कुरा गरौँ । सरकारी जागिरेको न घर पाई मिल्छ न बसोबासको कुनै व्यवस्था हुन्छ । बास स्थानको व्यवस्था हुन त प्रशासनको हाकिम नै हुनुपर्ने रहेछ । हामी इन्जिनियर त वैशाख, जेठ, असार तीन महिना मिठो बोल्नुपर्ने एक सामान्य प्राविधिक न रहेछौँ ।
कहिलेकाहीँ साथीभाइले तेरो कोठा जाऊँ न भन्दा मुहार अचानक कालो निलो भइदिन्छ । किन कि कार्पेट नबिछ्याएको कोठामा एउटा खाट, नमिलाएको बिस्तारा, पानी खाने मैलो कोकको बोतल, भित्तामा काँटी ठोकेर एकमाथि अर्को गरी झुन्डिएका मैलो कपडा देखाउने हिम्मत खै किन जुटाउन सकिन्न । बसे भने दुई छाक मासु पनि त खुवाउनै पर्‍यो । जागिर खाएको पार्टी त बाँकी छँदै छ ।


कोठा भाडा, रासन खर्च, बेलाबेला साथीहरूसँग जम्नै पर्‍यो, मिठो–मसिनो खानै पर्‍यो, कहिले काहीँ घुमफिर गर्नै पर्‍यो, साइट जाँदा त्यस्तै खर्च आउँछ । बिहे नगरेको एक्लो ज्यानलाई सामान्य जीवन बिताउन धौधौ पर्छ । एक जोर नयाँ लुगा किन्न दसैँ–तिहारको भत्ता कुर्नुपर्छ । गलफ्रेन्ड बनाउने त कुरै छैन । क्याफे, रेस्टुराँमा कफी खुवाउने र डेटिङ जाने पैसा पनि त हुनु पर्‍यो नि !


प्राविधिक कर्मचारी साइट गइराख्नु पर्ने हुँदा सधैँ भरी छाता बोकेर पैदल हिँड्ने कुरा पनि भएन । बाइक किन्नु पर्‍यो । पढ्दा लागेको ऋणमाथि ३–४ लाख फेरि थपिन्छ । महिनाको २२–२५ हजार तलबले के नै पुग्थ्यो र !


यसरी, सामान्य जीवनयापन गर्न पनि असहज हुँदा जागिर खाएको २–४ महिनामै देश प्रेम कहाँ–कति बेला मर्छ पत्तै हुँदैन । थाहा नै नपाइ देश बनाउने आँट बोकेर हिँडेको छोरो गल्न पुग्दो रहेछ । देशको बारेमा सोच्ने हामी आफ्नो बारेमा सोच्न थाल्दा रहेछौँ ।


पढ्ने बेला लागेको ऋण कहिले तिर्ने, बुबा–आमा, दाइ–भाइ, दिदी–बहिनीलाई इन्जिनियर छोरोको तर्फबाट उपहार कहिले टक्राउने । ‘मेरो कमाइ’ भनेर बुबा–आमाको हातमा खुसी कहिले साट्ने ? जग्गा किन्ने र घर बनाउने परको कुरा भयो । बिहे गर्ने त कुरै भएन । एक्लो ज्यान पाल्न त गाह्रो छ, अर्काकी छोरीको भविष्य किन त्यसै बरबाद पारिदिने ?


यस्तै–यस्तै बिना उत्तरका प्रश्नहरू मनमा खेल्दै जाँदा काम र सेवाप्रति जोस, जाँगर र रुचि नै मर्दो रहेछ । एक्लो ज्यान कसरी पाल्ने भन्ने सोचमा हराउँदा–हराउँदै बिहे, श्रीमती, छोराछोरी, ठुलो घर, गाडीको बारेमा सोच्नै बिर्सने रहेछ । यसरी प्राय साना कर्मचारीहरूमा भ्रष्टाचार बाध्यता बनिदिन्छ ।


एक्लो ज्यानलाई सामान्य जीवनशैलीमा जिउन अपर्याप्त तलबबाट म भ्रष्टाचार गर्न नसिकेर के सिकौँ सरकार ? त्यसैले, भ्रष्टाचार, बेथिति, कर्मचारीको गिर्दो मनोबल उकासेर प्रोत्साहन थप्न सामान्य जीवनशैली बिताउन सहज हुने तलब कायम गर्नु जरुरी छ । अहिलेको अवस्थामा सामान्य जीवनयापनका लागि एक इन्जिनियरको तलब कम्तीमा पनि न्यूनतम ६० हजार रुपैयाँ हुनुपर्ने रहेछ । मेरो मासिक खर्च डायरीबाट निकालिएको हिसाबको आधारमा भन्दै छु । अन्य साथीहरूका कुरा पनि त्यस्तै छन् । यति तलब भयो भने एउटा कर्मचारीले कम्तीमा पनि ६ जनाको परिवार पाल्न सक्छ ।

पूर्व सचिव इन्जिनियर भीम उपाध्यायको भनाइ छ, ‘तलब भिख होइन, बौद्धिक श्रमको मूल्याङ्कन हो ।’ हामी यति बेला यस्तै मूल्याङ्कनको खोजीमा छौँ । नत्र दुई–चार जना साना कर्मचारीलाई भ्रष्टाचारको नाममा कारबाही गरेर देशमा सुशासन ल्याउने सरकारको सपना कहिल्यै पुरा हुने छैन ।


हामी प्राविधिक कर्मचारीको काम प्रशासकको भन्दा फरक हुन्छ । कार्यालय समय ८ घण्टा भन्ने हुँदैन । कुन बेला कहाँ जानुपर्ने हो थाहा हुँदैन । कहिले बिहानैदेखि त कहिले साँझसम्म पनि फिल्डमा बस्नुपर्ने हुन्छ । त्यसबापत न हामीलाई प्रोत्साहन भत्ता आउँछ न ‘ओभर टाइम’ । यो प्राविधिकको जिम्मेवारीको कुरा भयो । पदअनुसार काम र जिम्मेवारी पुरा गर्नै पर्‍यो । त्यसमा कुनै गुनासो छैन । गुनासो एउटै छ, कामअनुसारको मूल्याङ्कन भएन । र, म फेरि पनि भन्छु– त्यसैले इन्जिनियरको न्यूनतम तलब मासिक ६० हजार हुनै पर्छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘‘देख्दा सामान्य समस्या जस्तो लागेता पनि समयमै व्यवस्थापन नगरिएमा कत्ले कीरा र कालो ध्वाँसे रोगले जुनार तथा सुन्तलाजात फलफूल उत्पादनमा

रातभरि राम्ररी निदाउन सकिनँ, झल्याँस्स–झल्याँस्स ब्युँझिरहेँ । कहिले यता, कहिले उता कोल्टे फेर्दै जबरजस्ती निदाउन खोजेँ तर सकिनँ । एकएक

पृष्ठभुमी: नेपालकाे संविधान २०७२ जारी भएसँगै देश संघीयताकाे अभ्यासमा छ । संघीयतासँगै तीन तहका जननिर्वाचित सरकारहरू यतिवेला नागरिकहरूकाे आशा र