गणतन्त्र दिवसमा सिन्धुली कारागारका ५जनाको कैद मिनाहा



गणतन्त्र दिवसका अवसरमा सिन्धुली कारागारका ५ जनाको कैद मिनाहा भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा १४ औं गणतन्त्र दिवसका अवसरमा ५० प्रतिशत कैदी भुक्तान गरेका र आममाफी दिन उपयुक्त कैदीहरुको बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको हाे।

नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेश समेतका आधारमा उक्त ५ जनालाई मिनाहा दिएको सिन्धुली कारागार कार्यालय प्रमुख मातृका प्रसाद पहाडीले सिन्धुली दर्पणसँग बताए।

कारागार प्रमुख पहाडीका अनुसार,सवारी ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका रुपन्देही सियारी-५ का गणेश केवट,सिन्धुलीको दुधाैली नगरपालिका-५ का आशिष भनिने क्षितिज दनुनार र चितवनकाे भरतपुर महानगरपालिका-१२ का नेत्रबहादुर खड्का रहेका छन् ।

त्यसैगरी चाेरी मुद्धामा सजाय भाेगिरहेका धनुषा जिल्ला जनकपुर उपमहानरपालिका-८ असरफ रायन र ज्यान मार्ने उद्योगमा सजाय भुक्तान गरिहेका सिन्धुलीको दुधाैली नगरपालिका-११ का रामबहादुर माझी रहेका छन।

उनीहरु सबै आ-आफ्नाे घर आज नै गइसकेकाे पहाडीले जानकारी दिए।

सिन्धुली कारागारमा ८० जनाको कैदीबन्दी क्षमता रहेकाे पनि हाल ५सय २० कैदीबन्दीहरु बस्दै आएका छन।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामप्रसाद भण्डारीलाई चयन गरेको

सिन्धुली । नेकपा एमाले गोलन्जोर गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । गोलन्जोर गाउँपालिका -७ खुर्कोटको आजाद समृती भवनमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मसिन गर्ने भएको छ । शुक्रबार सम्पन्न