कोरोनाविरुद्धको खोप किन्न कमलामाई नगरपालिकाले माग्यो स्वीकृति



सिन्धुलीको कमलामाई नगरपालिकाले केन्द्र सरकारसँग कोरोना विरुद्धको खोप किन्ने स्वीकृति मागेको छ ।

नगरबासीलाई खोप लगाउनका लागि नगरपालिकाले स्वीकृति मागेको हो ।

संघीय मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय पुगेर नगर प्रमुख खड्गबहादुर खत्रीले खोप खरिदका लागि स्वीकृति मागेका हुन् ।

सरकारले पर्याप्त खोप उपलव्ध गराउन नसक्दा जोखिम बढेको भन्दै मेयर खत्रीले स्वीकृति दिएमा नगरपालिकाले नै खोप खरिद गर्ने बताए ।

नेपालमा निजी क्षेत्रले समेत बिक्रीका लागि खोप नल्याएको अवस्था छ । तर, नगर प्रमुख खत्रीले भने सरकारले स्वीकृति दिएमा विदेशबाट नै भए पनि खोप ल्याएर नगरबासीलाई खोप लगाउने बताए ।

अहिले २ करोडसम्मको खोप खरिदका लागि आफूहरु तयार रहेको उनको भनाइ छ ।

नगरबासीलाई सुरक्षित बनाउनका लागि खोप अनिवार्य भएकाले आफूले तत्परता देखाएको र केन्द्र सरकारले स्वीकृति दिएमा प्रक्रिया थालनी गरिने उनको भनाइ थियो ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुलीमाढी । नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच विद्युत् पोल प्रयोगको भाडासम्बन्धी विवादले चरम रुप धारण गरेको छ । बढाएको दरअनुसार

सिन्धुली बजारमा रहेको संतोष मिठाई पसललाई मंगलबार गरेको बजार अनुगमन टोलीले २० हजार रुपैया जरिवाना गरेको छ ।अनुगमन टोलीले यस

सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. १० लखिमाबाट वडा नं. १३ ठाकुर दमारसम्म गरिएको कालोपत्रे महिना दिनमा नै भत्किए पछि