सन्दर्भ महिनावारी दिवस (महिनावारी र छुवाछुत)



यो नियम पौराणिक काल देखि नै नारीहरूलाई दमन गर्ने तल पार्ने एक किसिमको यातना दिन कै लागि बनाइएको हो । अझ ठेट भाषामा भन्ने हो भने पर सरेको भन्दै ती निर्दोष कलिला किशोरीहरूलाई परिवारको माया ममता बाट टाढा बनाउँदै कलिलो उमेर बाटै कठिन जीवन जिउन बाध्य बनाउन परिवार बाट निकै पर लगी गोठमा राख्ने चलन छ ।


जुन समयमा पौष्टिक खानाको आवश्यक पर्छ जुन समयमा शरीर कमजोर भईरहेको हुन्छ त्यो समयमा खाना त के पानी सम्म पाउन गाह्रो पर्छ । बस्तीबाट टाढा जङ्गल को छेउमा बालिका देखि किशोरी सम्मलाई डर त्रास ले कति सम्म मानसिक पिडा देला अझै ती जङ्गली जनावरको आवाजले कति मन कामला त्यो त हामी कल्पना सम्म गर्न सक्दैनौँ ।


अझ छाउपडी को नाउँमा जङ्गली जनावर बाट मारिएका ती अबोध बालिकाहरू सपना र रहरहरुको त लेखाजोखा नै हुँदैन यो समाजमा , धर्म र संस्कारको नाउँमा आफ्नै सन्तान मरिरहेका अभिभावकहरु को कस्तो मन नकाम्या होला फेरि अर्को सन्तान त्यहि छाउगोठमा पठाउन् ? कहिले सर्प त कहिले बाघ कहिले भालु कहिले चितुवा को सिकार बाट वर्षाैँनी किशोरीहरूको सपना सँगै जीवनको नि पूर्णविराम लागेको हुन्छ। सुदूरपश्चिम तिर त यस्ता घटना सामान्य झैँ भैसकेको छ । अझै पनि धर्मका नाममा कति किशोरी ले ज्यान गुमाउनु पर्ने हो थाहा छैन।

किशोरीहरूको हक हितमा महिनावारी स्वच्छता तालिम नभएको त हैन् तर प्रभावकारी चैँ अझैसम्म देखिएको छैन । महिनावारी सम्बन्धी तालिम होटेलमा हैन बिकट बस्तीमा पिछडिएका समुदायमा आवश्यक देखिन्छ ।


हाम्रोजस्तो समाजको कुरा गर्ने हो भने नि शिक्षित परिवार मै पनि सामाजिक मूल्यमान्यता को नाउँ दिएर पहिलो पटक महिनावारी भएको किशोरी लाई अरुको घरमा राख्दिने चलन छ। किशोरी को मनोभावना नबुझ्दै उसलाई अरूको घरमा राखने चलनले अहिले पनि कतिपय किशोरीहरू सुरक्षित महसुस गर्न सक्दैनन् जस कारण उनीहरूमा शारीरिक र मानसिक समस्या देखा पर्छ ! अहिले को समय र परिवर्तन समाजको कुरा गर्ने हो भने पनि सहरी क्षेत्रमा पनि महिनावारी समयमा छुवाछूत बार्ने चलन निकै नै छ ।

 
प्रायः महिनावारी हुँदा परिवारले हेला गर्ने छुवाछुतको नियम राख्ने पाप धर्मका डर देखाउने मनोबल कमजोर गराउने यति सम्म कि महिनावारी को समय सम्म त्यो नारी लाई छुन पनि नहुने जस्ता क्रियाकलाप गरिरहेका पाइन्छ । जसका कारण किशोरीहरुमा आत्मा बोधक ,आत्महत्या,कमजोर मनोबल,डर,हिन्नताबोध हुने सम्भावना निकै हुन्छ। तसर्थ अब किशोरीमा यतिसम्म ज्ञान र क्षमता हुनुपर्छ कि घरपरिवार गाउँ टोल समाजमा आफ्नो कुरा निर्धक्क राख्न र सबैलाई बुझाउन सकुन् कि?


पाप धर्म को नियम हैन यो , महिनावारी त हाम्रो हिम्मत प्रेरणा हो! यो महिनावारी एक प्रकृतिको नियम हो। महिनावारी हाम्रो लागि गर्व महसुस गर्ने एक प्रकृतिको माध्यम हो अब हामी यो देश यो संसार चलाउन योग्य छौँ।  अब हामीमा प्रजनन क्षमता छ। हामीले यो देशमा असल नागरिक दिन सक्छौ। यो देशको रक्षा गर्ने सपुत देशको भविष्य सुनिश्चित गर्ने सन्तानलाई जन्म दिन पाउने सौभाग्य पाउँछौ हामीले, त्यसैले महिनावारी मा महिना बारी हैन महिना नबारी सरसफाइ र स्वास्थ्यमा ध्यान दिऊँ।

शुभकामना 
लक्सना बराल  कमलामाई नगरपालिका-१३ रानीबास 


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘‘देख्दा सामान्य समस्या जस्तो लागेता पनि समयमै व्यवस्थापन नगरिएमा कत्ले कीरा र कालो ध्वाँसे रोगले जुनार तथा सुन्तलाजात फलफूल उत्पादनमा

रातभरि राम्ररी निदाउन सकिनँ, झल्याँस्स–झल्याँस्स ब्युँझिरहेँ । कहिले यता, कहिले उता कोल्टे फेर्दै जबरजस्ती निदाउन खोजेँ तर सकिनँ । एकएक

पृष्ठभुमी: नेपालकाे संविधान २०७२ जारी भएसँगै देश संघीयताकाे अभ्यासमा छ । संघीयतासँगै तीन तहका जननिर्वाचित सरकारहरू यतिवेला नागरिकहरूकाे आशा र