कला संस्कृतिले भरिएको देशको रुपमा चिनाएँः अनुश्मा



‘मिस इको इन्टरनेशनल नेपाल’ अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटनको क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेकी छिन् ।

इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१ ’ मा नेपालको प्रतिनिधित्व गरेर फर्किएकी रायमाझीले यो प्रतियोगीतामा ‘मिस इको एसिया’ टाइटल समेत जितेकी थिइन् । प्रतियोगितामा शीर्षपछि महत्वपूर्ण मानिएको यो उपाधि आफूले नेपालमा भित्राएको भन्दै उनले यसलाई उपलब्धी मानेकी छिन् ।

मिडियासँगको कुराकानीमा उनले भनिन्–‘कार्यक्रममा मैले नेपाललाई सगरमाथा, बुद्धको देशको अलवा बिभिन्न कला संस्कृतिले भरिएको राष्ट्रको रुपमा चिनाएँ । प्रतियोगीताबाट मैले धेरै देशका बारेमा सिक्न र जान्न समेत सफल भएँ ।’

कार्यक्रममा पूर्व मिस इको इन्टरनेशनल नेपाल तथा मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले रायमाझीले ‘मिस इको एसिया’ ताज नेपाललाई दिलाएर महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन् । ‘ विभिन्न ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगीता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अहिलेकी चर्चित मोडल तथा कलाकार गरिमा शर्माको सुन्दरता झल्कने अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगम थपलियाको स्वरमा रहेको

सिन्धुलीका लोकप्रिय सर्जक एवम् गायक श्याम अधिकारीको पछिल्लो गीत सार्बजनिक भएको छ । अधिकारीको परदेशी बाध्यता र बिवस्ताको को कारण

पूर्ण लम्साल र लक्ष्मी ओली अभिनित ‘एकादेशको कथा’ बोलको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यसअघि यी दुईको अभिनयमा