कोरोनाभन्दा ठूलो सामाजिक सञ्जाल भाइरस



कोरोना भाइरसको नयाँ भेरियन्ट बाट बिश्व आक्रान्त भैरहेको बेला कोभिड बारे अर्को आक्रान्त बनाउने कुरस भनेको हामीले चलाउने सामाजिक संजाल भएको छ । यो समयान मानसिक रोगीहरु औषधि खाएर सामान्य हुँदै गएकामा पनि डरले रोग बल्झिँदै छ ।

अहिले निषेधाज्ञाकै समयमा धेरै मानिसहरुको दिन बिताउने माध्यम सामाजिक संजाल भएको छ । यस्तो माहामारिको बेला हामी सबैले सकारात्मक सोच्ने बोल्ने लेख्ने हो । तर,अचेल सामाजिक संजाल फेसबुकमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको फोटो हाल्न होडबाजी नै चलेको छ । केही जित्न? मानौ! कुनै खेल खेलेको जस्तो देखिन्छ । यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने ख्याल समेत गरिदैन । सामाजिक संजालमा सकारात्मक एवंम संक्रमितहरुलाई उर्जा दिने भन्दा पनि नकारात्मक वस्तु बढी देखिन्छ। त्यसैले पनि भन्न सकिन्छ कोरोनाभन्दा ठूलो सामाजिक सञ्जाल भाइरस हो।

विषम परिस्थितिमा सूचना प्रसार कसरी गर्ने भन्ने ज्ञान नभएको, सरकारी तहबाट व्यवस्थित सूचना प्रसार नभइरहेका अनि सामाजिक सञ्जालमार्फत प्रसारित अपुष्ट सूचनामा छिट्टै विश्वास गर्ने समाज रहेका कारण अफवाहको संक्रमण झनै तीव्र हुने खतरा रहेको छ । पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत मन्त्रीहरू, दलका नेताहरूबाट नै आश्वस्त पार्नेभन्दा भ्रम फैलाउने काम गरिरहेका छन् ।

सूचनाको तलतल स्वाभाविक हो, तर सूचना लिने मिडिया हेरेर, सुनेर आजित छन्, के हेर्न खोज्यो, सुन्न खोज्यो अब त फोन गर्न खोज्दा पनि कोभिडकै सूचना छ । के सामाजिक सञ्जाल, टिकटक, गीतसंगीत चारैतिर कोरोनाकै चर्चा छ ।

मराे एक जाना साथी कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमण भएर अस्पतालको आइसुलेसनमा भर्ना हुनुभएको थियो । त्यसैबेला फेसबुकमा कोरोना भाइरसमबाट मृत्यु भएका मृतकको तस्बिर सहि राखेर श्रद्धाञ्जली दिनेहरुको होडबाजी चालेको थियो । उनले बाध्य भएर अस्पतालको आइसाेलेसन वेडबाट नै समाजिक संजालमा लेखेका थिए,

“कोरोनाले मृत्युका भएको फोटो पोस्ट नगरिदिनु होला ! किनकी हामी जस्ता संक्रमितले पनि सामाजिक संजाल चलाइराखेका हुन्छौं । बरु! निको भएर फुलमाला लगाएका फोटो राख्नुस् ।”

भनेर उनले अनुरोध गरे।

पछिल्लो एक अनुसन्धानले भनेको छ कि, मानिसले सामाजिक संजाल सकारात्मक भन्दा पनि नकारात्मक कुरा बढी हेर्छ्न भने तथ्यांक छ। जुन गलत हुन यसबाट हामीले सचिन्नु पर्ने देखिन्छ। अहिले हामीले सामाजिक संजाल कतिको सदुपयोग गरेका छाैँ अथवा दुरुपयोग भने कुराको प्रश्न? चिन्न उब्झिएको छ।

कोरोना फोबिया
अनावश्यक त्रास हुँदा देखिन सक्ने लक्षणमा आफूलाई कोरोना भयो कि भन्ने शंका भइरहने हुन्छ । त्यसले गर्दा अत्यधिक त्रास उत्पन्न भई सामान्य खोकी मात्र लाग्दा पनि कोरोना नै भयो कि भनेर डरले सताउँछ । त्रासका कारण दैनिक कामकाजमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । डरका कारण एक्कासि सास बढेजस्तो, श्वास लिन गाह्रो भएजस्तो, मुटुको धड्कन बढेजस्तो हन्छ । त्रासकै कारण निद्रा नलाग्ने, बेचैनी, छटपटी हुने, सामाजिक घुलमिलमा डर लाग्ने हुन्छ । आफ्नो स्वास्थ्यबारे अनावश्यक र अत्यधिक चिन्ता हुने गर्छ । यही मानसिक रोगका कारण अनावश्यक चिन्ता र त्रासले रोग बल्झिने वा बढी च्याप्ने समस्या देखिन्छ । कोरोना प्रभावित देश र क्षेत्रबाट फर्किएका वा क्वारेन्टाइनमा रहेकामा यी समस्याले सताउने सम्भावना बढी हुन्छ । यसमा सामाजिक सञ्जालमा आउने वा गाउँघरमा चल्ने अनावश्यक र अफवाह, हल्लाले बढी भूमिका खेल्छ । स्वाभाविक हो कि कोरोनाको फैलावट बढ्दै गएपछि मानिसका दैनिकी र जनजीवन खुम्चिँदै जान्छन् ।

राेकथाम
हामिले सकारात्मक कुराहरू मात्र सामाजिक संजाल राखौं न सकारात्मक कुराले , उर्जावन बस्तु पोस्ट गर्दा मृत्युुको मुखमा पुगेको मानिस बाच्न सक्छ नयाँ जीवन जिउन सक्छ ! त्यसैले हामिले सबैले सकारात्मक , सन्देशमुलक हुने कुरा मात्र सामाजिक संजाल राखौं ।

लेखक टि.एन घिमिरे सिन्धुली दर्पणमा आबद्ध हुनुहुन्छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘‘देख्दा सामान्य समस्या जस्तो लागेता पनि समयमै व्यवस्थापन नगरिएमा कत्ले कीरा र कालो ध्वाँसे रोगले जुनार तथा सुन्तलाजात फलफूल उत्पादनमा

रातभरि राम्ररी निदाउन सकिनँ, झल्याँस्स–झल्याँस्स ब्युँझिरहेँ । कहिले यता, कहिले उता कोल्टे फेर्दै जबरजस्ती निदाउन खोजेँ तर सकिनँ । एकएक

पृष्ठभुमी: नेपालकाे संविधान २०७२ जारी भएसँगै देश संघीयताकाे अभ्यासमा छ । संघीयतासँगै तीन तहका जननिर्वाचित सरकारहरू यतिवेला नागरिकहरूकाे आशा र