सिन्धुली र ओखलढुंगा जोड्ने निर्माणधिन पक्की पुल सुनकाेसीकाे बाढीले बगायाे



सिन्धुली र ओखलढुंगा जोड्ने निर्माणधिन नवलपुरको पक्की पुल सुनकाेसीमा आएको बाढीले बगाएर भत्किएको छ ।

सिन्धुलीकाे फिक्कल गाउँपालिका-२ पोखरी रओखलढुंगाकाे चम्पादेवी गाउँपालिका-१ पलापु जोड्ने बहुप्रतिक्षित निर्माणाधीन नवलपुर पक्की पुल बुधवार राती सुनकोसी नदिमा आएको बाढिले भत्काएको भत्काएको हो ।

करिब २३ करोड लागतमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले उक्त पुल निर्माणको ठेक्का लिएको थियो । कुल २ सय १० मिटर लम्बाईको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी ठेक्का लागेको थियो ।

बुधबार मात्रै ढलान गरेको पुलको ४० मिटरभागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल निर्माणको काम पछिल्लो समय तिव्र बनाईएको थियो । वर्षामा बाढीको त्रास हुने भएकाले त्यस अगावै सक्नेगरि काम अघि बढाईएको भएपनि ढलान सकेको केही घण्टामा बाढीले पुल बगाएको निर्माण कम्पनीका प्रतिनिधि मदन माझीले बताए ।

उनका अनुसार यो पुल नयाँ टेक्नोलोजी अन्तरगतको केवल ब्रिज हो । उक्त प्रविधिबाट बनेको पुलमा ढलान सकिएपछि केवल तान्ने तयारी थियो । केवल तान्न नपाउँदै बाढीले बगाएको माझी बताउँछन् । ‘यो नेपालमा नयाँ प्रविधिबाट बन्दै गरेको पुल हो । केवल ब्रिज बनाउँदा ढलान सकेको १४ दिन सम्म केवल तान्नुपर्ने हुन्छ तर ढलान सकेको केही घण्टामै बाढीले बगायो ।’ माझीले दर्पणसँग भने, ‘गुणस्तरीय काम गर्दा गर्दै प्रकृतिले साथ नदिँदा ४० मिटर स्ल्याव भत्कियो । निकै ठुलो क्षति भयो ।’ माझीका अनुसार करिब ६ करोड बराबरको क्षति भएको छ ।

निर्माणाधिन पुल बाढीले बगाएर यस क्षेत्रको भौतिक विकासको गुणस्तरता कमजोर रहेको संकेत गरेको सिन्धुलीको फिक्लल गाउँपालिका २ का वडाअध्यक्ष शंकर भण्डारीले बताए ।  ‘वर्षाको समयमा सुनकोशीको बाढी संधै यस्तै हो क्षति गर्छ । वर्षा लाग्दालाग्दै पनि निर्माण कम्पनीले नदिको मुलबहावमा काम गरिरहेको थियो । हेर्दाहेर्दै बगायो ।’ भण्डारीले भने, ‘दिगो विकास यहाँको आवश्यकता हो । यहि क्षतिलाई देखाएर काम रोक्न वा अन्य बहाना गर्न पाइदैन समयमै काम सक्न हामी ताकेता गर्छौ ।’

यता ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले निर्माण कम्पनीले आफुहरुसँग कुनै समन्वय नगरेको र कोभिड नियन्त्रणमा आफुहरु रहेकाले यसविषयमा जानकारी नरहेको बताए ।

सुनकोशी नदिकै घुर्मी र हर्कपुर जोड्ने पुल यसअघि हावाले लडाएको थियो ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुलीमाढी । नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच विद्युत् पोल प्रयोगको भाडासम्बन्धी विवादले चरम रुप धारण गरेको छ । बढाएको दरअनुसार

सिन्धुली बजारमा रहेको संतोष मिठाई पसललाई मंगलबार गरेको बजार अनुगमन टोलीले २० हजार रुपैया जरिवाना गरेको छ ।अनुगमन टोलीले यस

सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. १० लखिमाबाट वडा नं. १३ ठाकुर दमारसम्म गरिएको कालोपत्रे महिना दिनमा नै भत्किए पछि