सिन्धुलीमा प्रधानमन्त्री केपी शर्मा ओली को कदमविरुद्ध उत्रन विपक्षी गठबन्धनको अपिल



प्रधानमन्त्री केपी शर्मा ओली को असंबैधानिक कदमविरुद्ध उत्रन सिन्धुलीमा विपक्षी गठबन्धन ले अपिल गरेको छ।

बुधबार राष्ट्र, जनता, संविधान, विधिको शासन र लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको अन्त्य नभएसम्म हुने संघर्षका सबै कार्यक्रममा निरन्तर सहयोग, सहभागिता र सर्मथनका लागि नेपाली कांग्रेस,माओवादी केन्द्र,एमालेको खनाल–नेपाल,जनता समाजवादी पार्टी (जसपा) र जनमाेर्चा सहित सिन्धुलीका विपक्षी गठबन्धनले अपिल जारी गरेका हुन ।

प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी चालेको प्रतिगामी कदमविरुद्ध हुने संघर्षमा साथ दिन जनतालाई विपक्षी गठबन्धनले विज्ञप्ती जारी गरेर आग्रह गरेका हुन् । कांग्रेस, नेकपा (माओवादी केन्द्र),एमालेको खनाल-नेपाल समूह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले युवा, विद्यार्थी, किसान, मजदुर, कानुन व्यवसायी, उद्योगपति, व्यापारी, नागरिक समाज, पत्रकार, मानव अधिकारकर्मी, बुद्धिजीबी, कर्मचारी र सुरक्षाकर्मी लगायतलाई संघर्षमा उत्रन र साथ दिन आह्वान गरेका हुन् । गठबन्धनले सिंगो पार्टीपंक्ति, भातृ तथा जनवर्गीय संगठन, मोर्चाहरुलाई सशक्त प्रतिरोध गर्न निर्देशन दिएका छन् ।

विसम् परिस्थिती सिर्जना गरेर जनतालाई प्रतिरोधमा निक्लन बाध्य बनाइ कोरोना थप फैलाउने नियत प्रधानमन्त्री ओलीको प्रष्ट देखिएको भन्दै गठबन्धनले कोरोना रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षामा सिंगो राष्ट्रलाई केन्द्रित गर्नुको सट्टा निर्वाचन घोषणाको नाटक गरेर राष्ट्रलाई नै लज्जित बनाएको विज्ञप्तीमा उल्लेख छ ।

कांग्रेसका सभापति उज्ज्वल बराल, माओवादीका अध्यक्ष लेखनाथ दाहाल राजन, एमाले खनाल–नेपाल पक्षका अध्यक्ष सूर्य पाख्रिन, जनता समाजवादीका अध्यक्ष सुरतबहादुर स्याङ्तान र राष्ट्रिय जनमोर्चाका सचिव हिरा श्रेष्ठले प्रधानमन्त्री ओलीको मनपरितन्त्रमा रबर स्ट्याम्प बनेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको समेत आलोचना गरेका छन् ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ ।‌

सिन्धुली । बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अजेरास्ववियू(क्रान्तिकारी) सिन्धुलीले विभिन्न मागहरू राख्दै प्याबसन र एनप्याबसन सिन्धुलीलाई आज