दशवर्षदेखि अलपत्र कमलामा पुल बन्याे,अहिले रंगरोगन हुँदै



दुधौली । चतरा–सिन्धुली–हेटौंडा बैकल्पिक मदनभण्डारी राजमार्ग अन्तर्गत कमला नदीमा १० वर्षदेखि अलपत्र अवस्थामा रहेको पक्की पुल निर्माणकार्य सम्पन्न भएको छ ।

पुल निर्माणको जेभिमा ठेक्का लिएका पप्पु कन्ट्रकसन र लुम्बिनि कन्ट्रक्सन मध्ये पप्पु कन्ट्रकसन लाई सरकारले कालाे सुचिमा राखेपछी लुम्बिनीले पुल निर्माणकार्य सम्पन्न गरेको हो ।

सिन्धुलीकाे दुधौली नगरपालिकाको वडा नं. २ र ३ लाई जोडने गरी कमला नदीमा पक्की कुल ५४६ मिटर लम्बाई रहेको १४ वटा स्पानको सबै काम अहिले सकिएको अवस्था छ ।

राजमार्गको पूर्वी खण्ड आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शंकर पौडेलले कमला नदीमा उक्त पुल निर्माण कार्य सकिएको र अब पूलको दायाँबायाँ गरी पाँच सय मिटर सडक मात्रै पिच (कालोपत्रे) गर्न बाँकी रहेको जानकारी दिए ।

उनले भने, ‘उक्त सडक पिच गर्ने कार्य पनि धमाधम भइरहेको छ । संभवत यही जेठ महिनाको अन्तिम बाट पुलबाटै गाडी आवतजावत सुरु हुन्छ ।’

पप्पु कन्ट्रकसनले आधा पनि काम नगरी पप्पुले अलपत्र अवस्थामा छाडेपछि जेभि (साझेदार)मा सँगै काम गरेको लुम्बिनी कन्ट्रकसनले गत वर्ष माघ महिनामा जिम्मा लिएर बाँकी काम सुरु गरेको थियो ।

आयोजनाका अनुसार करिब ३१ करोड रुपियाँ लागतमा उक्त पुल निर्माण सुरु भएको थियो ।

२०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पप्पु लुम्वीनी जेभिले २०६८ असार ३१ गते सम्झौता गरी पुल निर्माण सुरु गरेका थिए । पप्पुले तोकिएको समयमा पुल निर्माण नसकेपछि २०७४ साउन १४ सम्म म्याद थपिएको थियो ।

उक्त समयमा पनि पप्पुले आधा पनि काम नगरी पुल निर्माणकार्य अलपत्र अवस्थामा छाडेपछि सडक आयोजनाले पप्पुलाई हटाएर जेभिमा रहेको लुम्बीनीलाई जिम्मामा दिएको आयोजनाका सूचना अधिकारी पौडेलले सिन्धुली दर्पण सँग बताए।

यता लुम्बिनी कन्ट्रक्सनका ठेकेदार शंकर राउतले पनि २०७७ पुस महिनासम्ममा पुल निर्माण कार्य सकिने योजना रहे पनि बीचमा भएको लकडाउनका कारण निर्माण सामग्री झार्न नपाएर काम तोकिएको समयमा सिध्याउन नपाएको बताए ।


उनले भन्नुभयो, ‘पुल निर्माणको सबै काम सकेर अहिले रंगरोगन गर्ने कार्य र स–साना टुक्राटाक्री काम भइरहेको छ । सबै काम यही जेठ महिनाभित्र सकिन्छ ।’


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुलीमाढी । नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच विद्युत् पोल प्रयोगको भाडासम्बन्धी विवादले चरम रुप धारण गरेको छ । बढाएको दरअनुसार

सिन्धुली । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउदै १४ सयभन्दा बढी सडक आयोजना रोक्ने निर्णय

सिन्धुली । सुनकोशी नदीमा एक पुरुषको शव फेला परेको छ। सिन्धुली सुनकोशी गाउँपालिका २ मझुवाबगर स्थित सुनकोशी नदीको बिच बगरबाट