जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष, घिसिङले गरे पदभार ग्रहण



 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सिन्धुलीको सञ्चालन र व्यवस्थापन समितिका अध्यक्ष सुन्दर घिसिङले आइतबार पदभार ग्रहण गरेका छन् ।

 बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय हेटौँडाले यही जेठ ४ गते  घिसिङ लाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीको अध्यक्षमा मनोनीत गरेको थियो । 


जिल्ला आयुर्वेद अस्पताल सिन्धुलीले आइतबार सामाजिक दुरी कायम गरी एक औपचारिक कार्यक्रमको आयोजना गरी नव अध्यक्ष घिसिङलाई पदभार ग्रहण तथा स्वागत गरेको हो । 


पदभार ग्रहण गरेपछि घिसिङले नेपालको सबैभन्दा पुरानो औषधी उपचार विधि आयुर्वेदको ठुलो महत्त्व रहेको बताए । उनले यस विधिबाट औषधी उपचार गर्दा शरीरमा असर नगर्ने र दीर्घकालीन उपचार पद्धति भएकाले यसै विधि नै सर्व त्व विधि भएको बताए ।

पछिल्लो समय आयुर्वेद उपचार पद्धति प्रति नागरिक विश्वास घट्नेको भए पनि अहिलेको कोभिड महामारीको बेलामा आम नेपालीले मात्र नभएर अन्य देशका नागरिकले समेत आयुर्वेद पद्धतिको औषधी उपचार तथा जडीबुटी सेवन गर्न थालेकाले पनि आयुर्वेद पद्धति नै सर्वोत्कृष्ट औषधी उपचार विधि भएको प्रस्ट भएको उनले बताए । 


आफूले यस कार्यालयको अध्यक्षको जिम्मेवारी वहन गर्ने क्रममा यस कार्यालयको वृद्धि विकास र सेवा प्रवाहलाई चुस्त दुरुस्त पार्ने विश्वास दिलाए । उनले कम्तीमा पनि एक पटक आएर आयुर्वेद पद्धतिबाट औषधी उपचार सेवा लिन आग्रह गरे । एक पटक आएपछि मानिसहरूले एलोप्याथिक औषधी उपचार भन्दा यस पद्धतिको उपचार विधि लाई अंघिकार गर्ने बताए ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुलीमाढी । नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच विद्युत् पोल प्रयोगको भाडासम्बन्धी विवादले चरम रुप धारण गरेको छ । बढाएको दरअनुसार

सिन्धुली बजारमा रहेको संतोष मिठाई पसललाई मंगलबार गरेको बजार अनुगमन टोलीले २० हजार रुपैया जरिवाना गरेको छ ।अनुगमन टोलीले यस

सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. १० लखिमाबाट वडा नं. १३ ठाकुर दमारसम्म गरिएको कालोपत्रे महिना दिनमा नै भत्किए पछि