वामपन्थी नेता कम्रेड नारायण काेइराला सम्झनामा




कमरेड नारायण प्रसाद कोइराला, तपाई कम्युनिष्ट भएको कारणले तपाई सँग २०४२ साल मा सम्पर्क भएको थियो ।


म २०४३ सालको पञ्चायती व्यवस्थामा  प्रधानपञ्चको रूपमा  भुवनेश्वरी  आदर्श गाउँ पञ्चायतको उम्मेदवार हुँदा तपाईँले सहयोग गर्नुभएको थियो ।केही समय पछि कुरा बुझ्दा २०१६ साल कार्त्तिक महिना बाशेशवर गाउँ पञ्चायतको बलेनीमा जन्मनु भएको तपाई ईश्वरी दाहाल ( असारे काका ) सँगै कम्युनिष्ट पार्टीमा रहेर तपाई ले २०३७ साल सहयोग गरेको कुरा म कम्युष्टि भएर हिँड्दा थाहा पाएको थिएँ ।


तपाईंले काठमाडौँ बसे देखिनै गरिब दुःखीलाई सहयोग गरेको कुरा मलाई बलेनीका एक जना दलित साथी गणेश आछामीले सुनाउनु हुन्थ्यो । पहिले देखिनै असारे काकाको प्रभावले कम्युनिष्ट बन्नुभयो र समाज परिवर्तनको मुद्धाहरु बोकेर हिँड्नुभयो । म पछि संयुक्त जनमोर्चा भएर पार्टीको काम गर्न हिँड्दा साथीहरूले तपाईँको बारेमा धेरै कुराहरू सुनाउनु भएको थियो ।


मैले पनि कम्युनिष्ट भएको कारण तपाईँक आदर्श बाट प्रेरणा पाएको थिएँ । २०३७ साल देखि निरन्तर जनमाेर्चामा रहेर काम गर्नुभएकाे थियाे । बलेनी बाट ललितपुरकाे पाटन बसाँई सरेर जनुभयाे । २०५२ सालमा पार्टी जनयुद्धमा हुमिए पछि तपाई लिलामणी पाैडेलकाे पार्टीमा लागेर काम गर्नुभएकाे थियाे ।
कमरेड नर बहादुर कर्मचार्यकाे नजिक भएर काम गर्नुभएकाे थियो ।कम्युनिष्टहरु लाई सकेको सहयाेग गरिरहनु भएको हुन्थ्याे ।
मैले तँपाई लाई २०६४ सालमा माओवादीको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा भेटेको थिएँ । त्यसबेला सबैकुरा ठिक छ भन्नुभएकाे थियाे । हाम्राे भेटमा धेरै लामो कुराकानी त भएन ।

पछिल्लो पटक फागुनमा फोन मार्फत कुराकानीमा त्यस समयमा मैले सिन्धुलीका पहिलाे कम्युनिष्ट नेता षडानन्द सापकोटा शालिक बनाउने प्रसताव राखेकाे थिएँ । तर तँपाई ले नै याे कुरा मैले बनाउनु पर्थ्यो उहाँको बारेमा मलाई सबै कुरा थाहा छ भन्रुभएको थियो। तँपाई ले राम्रो कुरा उठाउनु भयाे म सकेको सहयोग गर्दछु भन्नुभएकाे थियो।
सिन्धुलीको आफुलाई पहिलाे लाल कम्युनिष्ट मान्ने साबिक बाशेश्वर गाबिस हैबार बेसीका षडानन्द सापकोटा २०६३ साल देखि बेपत्ता रहेका छन।

त्यसैवेला मलाई कलेजोमा क्यान्सर देखिएको छ उपचार गरिरहेको छु भन्नुभएको थियो । तर अचानक २०७८ साल वैशाख २६ गते काठमाण्डौ मा तपाईँको मृत्युको खबर सुने एक छिन त पत्यार लागेको थिएन । तै पनि पत्याउन विवश भएँ ।तँपाई सँग मेरो याे नै अन्तिम संम्वाद बन्याे । तपाईँ यो दुनियाँमा नभए पनि जीवन सँगिनी, एक छोरा र एक छोरी सन्ततिको रूपमा हुनुहुन्छ ।

तपाईंले बोक्नु भएको आस्था र विचारलाई अँगालेर निरन्तर हिँड्न सकौँ । हामीले सामाजमा ती अ-मूल्य आर्दर्श हरु जगेर्ना गर्नेछाैँ । मानवलाई जगाउन सक्छौँ ।  आजको यो १३ औँ पुण्य तिथिमा यहाँले देखाउनु भएको बाटोबाट अघि बढ्न प्रयत्नशील हुने प्रण गरौँ । उहाँ प्रतिको सबै भन्दा ठुलो श्रद्धाञ्जली यही हुनेछ ।


अर्जुन थापा इन्चार्ज नेकपा क्रान्तिकारी माओवादी, गोलन्जोर–सिन्धुली देश भक्त जन गणतान्त्रीक मोर्चा नेपाल,


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामप्रसाद भण्डारीलाई चयन गरेको

सिन्धुली। नेकपा एमाले तीनपाटन गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट छत्र बहादुर दाहाल सर्वसम्मत निर्वाचित भएका छन्

सिन्धुली । नेकपा एमाले सुनकोसी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रोमनराज गिरी (अशोक) लाई