कोरोनाबाट जोगिन बहुउपयोगी वनौषधि ‘असुरो’ लाभदायक हुने



असुरो बुट्यान वर्गमा पर्ने जैविक वनौषधिको नाम हो। यो समुद्र सतहबाट १२०० मिटरसम्मको उचाइमा पाइन्छ। असुरो नेपालमा तराईदेखि मध्य पाहाडी भेगसम्म जताततै पाइन्छ।

यसको पातको आकार आँपको पात जस्तै हुन्छ तर नरम र चिल्लो हुन्छ। यसमा अनेकौं रोगहरूलाई निस्तेज गर्ने औषधीय गुण पाइन्छ। तराई र पाहाडका वनजङ्गल, सडक छेउछाउका खोल्सा, खोलाको किनार जस्ता ठाउँमा यो हुर्किने गर्छ। ग्रामीण किसानहरूले यसलाई बारीका कान्लाहरूमा पनि रोप्ने गरेका हुन्छन्।

असुरोको उपयोग

काँचो केरालाई छिटो पकाउन र अन्न भण्डारण गर्न परंरागत रुपमै यसको प्रयोग हुँदै आएको छ। यसले जैविक मल र किटनाशक औषधिको पनि काम गर्दछ। किसानहरूले धानको ब्याडमा यसको पातलाई कुहाएर प्रयोग गर्ने गरेको पनि पाइन्छ। असुरोको प्रयोगबाट २० भन्दा बढी प्रकारका रोगहरूको उपचार हुने कुरा आयुर्वेदमा उल्लेख गरिएको पाइन्छ।

जसमध्ये दम, रुघाखोकी, श्वासप्रश्वाससम्बन्धि अन्य रोग, घाँटी दुखेको, आउँमासी, चर्मरोग आदि हुन्। युरिक एसिडको तह घटाएर त्यसको पीडालाई निर्मूल गर्न पनि असुरोले मद्दत पुर्याउँछ। असुरोको पात मात्र नभएर फूल र जराबाट पनि विभिन्न रोगका औषधि बनाइन्छ।

मात्रा मिलाएर उपयोग गर्न नसक्दा यसले घातक असर पनि पुर्याउन सक्ने हुनाले विशेषज्ञको सल्लाहमा मात्रै यसको सेवन गर्नु पर्दछ।

कोरोना रोगमा असुरोको प्रयोग

आयुर्वेद अनुसार रुघाखोकी, दम, हृदयरोग, फोक्सोको समस्या, घाँटीको दुखाइ, क्षयरोग लगायत अन्य प्रकारका भाइरसहरूको आक्रमणमा समेत असुरोको प्रयोग अत्यन्त लाभदायक मानिएको छ। डाक्टर रामबहादुर बोहराका अनुसार असुरो संबन्धी अनुसंधानबाट कोरोना विरुद्धको औषधि तयार गरि विश्वरेकर्ड राख्न सकिने छ।

असुरोको पात मिश्रित तातोपानीको वाफले धेरै प्रकारका भाइरसहरूलाई मार्न सक्ने हुनाले कोरोना रोगीहरूलाई पनि यसले चामत्कारिक फाइदा पुर्याउने कुरा आयुर्वेदिक अनुसंधानहरूमा दावी गरिएको छ।

एक लिटर पानीमा असुरोका ४र५ वटा पात उमालेर वाफ लिँदा श्वासप्रश्वासमा निकै सहज हुने कुरा यसको प्रयोग गर्ने कोरोना संक्रमितहरूको अनुभवले पुष्टि गरेको छ। यसले कोरोनाका कारण ढुङ्गा जस्तै भएर जमेको कफलाई फुटाएर केही दिनमै घाँटी र फोक्सोलाई सफा पारिदिने तर्क विशेषज्ञहरूले राखेका छन्।

सामान्य लक्षण भएका कोरोना रोगीले दैनिक ३र४ पटक अनि अलि कडा लक्षण भएकाले दैनिक ५र६ पटकसम्म यसको वाफ लिएमा तीनदेखि चार दिनसम्ममै ती लक्षणहरू हराउने देखिएको छ।

प्रकृतिले हामीलाई समस्या सँगसँगै समाधान पनि दिएको छ। रोग र उपचार दुबै कुरा हाम्रा वरिपरि नै छन्। यसर्थ विश्वमै दुर्लभ मानिएका जडिबुटीहरूको खोज र प्रयोगमा ध्यान केन्द्रित गर्न सके हामीले कोरोना जस्ता अन्य अज्ञात रोगहरूलाई समेत सजिलै परास्त गर्न सक्ने छौँ।

सन्दर्भ सूची

विकिपिडिया – असुरोको पहिचान
बिबिसी न्युज नेपाली (३ मे २०२० )- कोरोनासँग जुझ्न जडिबुटी कति प्रभावकारी
साप्ताहि कान्तिपुर (१० जेठ २०७१) – असुरो र औषधि
डा. बोहरा रामबहादुर ( नेपाल पत्र १२ मङ्सिर २०७७)
संक्रमणमुक्त असुरो प्रयोगकर्ताहरूको अनुभव


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी ।अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः

धादिङ। धादिङ अस्पतालले अत्याधुनिक अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले आज एक कार्यक्रममा बिच

मोरङको बेलबारी- ७ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँडिरहेका छन् । न उनी साधू, न त