सिन्धुलीबाट कोरोना सङ्क्रमित हेलिकोप्टरमा लगियो काठमाडौँ



सिन्धुली । कोरोना सङ्क्रमित एक बिरामीलाई सिन्धुलीबाट हेलिकप्टरमा काठमाडौँ लगिएको छ ।


कोभिड अस्पताल सिन्धुलीमा उपचारत  रौतहट चन्द्रनिगाहापुर निवासी ६० वर्षीय शुकदेव पौडेल लाई बुधवार सिन्धुलीबाट हेलिकप्टरमा काठमाडौँ लगिएको हो ।

कोरोना सङ्क्रमित पौडेल गत वैशाख २५ गते देखि सिन्धुली कोभिड अस्पतालमा उपचारत रहेका थिए । ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरेर  भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।


स्वास्थ्यमा क्रमिक सुधार आए पनि परिवार आग्रहमा आइसियु बेड खोजी गरेको हुनाले काठमाडौँ को नेपाल मेडिसीटी हस्पिटल रिफर गरिएको सिन्धुली कोभिड अस्पताल कि नर्सिङ इन्चार्ज लक्ष्मी खडकाले सिन्धुली दर्पण लाई जानकारी दिइन ।

जिल्लाबाट कोरोना सङ्क्रमित बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको यो पहिलो घटना  हो ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली  अस्पतालमा उपचारको क्रममा सर्लाही कि कल्पना राउतको कोरोना संक्रमण बाट मृत्यु भएको छ । शनिवार साँझ उपचारको क्रममा  २७

सिन्धुली । सिन्धुलीमा कोरोना संक्रमित एक बालकको मृत्यु भएको छ । आज उनको सिन्धुली अस्पतालमा मृत्यु भएको हो । आठ बर्षका

सिन्धुली ।  देशभर कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै सिन्धुली कारागारमा कैदी बन्दी भेटघाटमा रोक लगाइएको छ ।  सोमबार देखि लागु