सिड्स नेपालद्वारा सिन्धुली काेभिड अस्पतालमा स्वास्थ्य सामग्री सहयोग



सिड्स नेपाल सिन्धुलीले कोरोना संक्रमि तको उपचार तथा सक्रमण रोकथामको लागी शुक्रवार स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।


वर्ल्ड नेवर्सको आर्थिक सहयोगमा सिड्स नेपालका अध्यक्ष दीपक घिमिरेले सिन्धुली कोभिड अस्पताल र जिल्ला कोभिड सं कट व्यवस्थापन समिति सिन्धुली, लाई सहयोग स्वरूप स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

उनले कोभिड अस्पताल को लागी संस्थाले वाटर डिस्पेन्सरी ५ थान, डिस्पोजेवल मास्क ५०० पिस, स्यानिटाइजर १०० एमएलको ५० पिस र अक्सिमिटर ३ पिस सहयोग गरेको छ भने जिल्ला अस्पताल सिन्धुलीको लागी वाटर डिस्पेन्सरी १ थान, डिस्पोजेवल मास्क ५०० पिस, स्यानिटाइजर १०० एमएलको ५० पिस र अक्सिमिटर २ पिस सहयोग गरेका छ ।


त्यस्तै जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको लागी वाटर डिस्पेन्सरी १ थान, डिस्पोजेवल मास्क ५०० पिस, स्यानिटाइजर १०० एमएलको २५ पिस र स्यानिटाइजर ५०० एमएलको ३ पिस स्वास्थ्य सामाग्री समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई  हस्तान्तरण गरेको छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

करीव दुई बर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक https://infobank.bagamati.gov.np/ सञ्चालनमा

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ ।‌