प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष देउवाले दाबी पेस गर्दै



प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् ।

देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘बहुमतको सरकारका लागि आज दाबी गर्न जान्छौँ । त्यसको तयारी भइरहेको छ । बहुमतको जोडघटाउका लागि विभिन्न तहमा विभिन्न नेताहरुसँग छलफल पनि जारी छ ।’

देउवाले तीन दलको छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, नेता ज्ञानेन्द्र कार्की र रमेश लेखकलाई खटाइएको बुझिएको छ ।

मंगलबार महन्थ ठाकुरसँग खाण र कार्कीले छलफल गरेका थिए । ठाकुरका सम्धी उमाकान्त झाको निवासमा उनीहरुबीच छलफल भएको थियो ।

देउवाले आन्तरिक र बाह्य परिस्थिति आफू अनुकुल बनाउन सोमबार यता आफूनिकट नेताहरुलाई छलफलका लागि परिचालन गरिरहेको बूढानीलकण्ठ स्रोतले रातोपाटीलाई जानकारी दियो ।

देउवा आफैंले पनि प्रधानमन्त्री केपी ओली इत्तर पक्षका शीर्ष नेतासँग छलफल गरिरहेका छन् । मंगलबार काँग्रेस सभापति देउवाले विपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

काँग्रेस नेता रमेश लेखकका अनुसार संविधानको धारा ७६ को २ अनुसार सरकार निर्माणका सन्दर्भमा देउवा निवास बूढानीलकण्ठमा मंगलबार विहान देउवा, प्रचण्ड र उपेन्द्र यादवबीच छलफल भएको थियो ।

उनीहरुबीचको छलफलपछि दिउँसो ३ बजे बसेको काँग्रेस पदाधिकारी बैठकले ७६ को २ बमोजिम सरकारको दाबी गर्ने निर्णय भएको छ ।

देउवाले मंगलबार राति नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षसँग पनि छलफल गरेका थिए । देउवासँग छलफल गर्न माधवकुमार नेपाल र भीम रावल बूढानीलकण्ठ पुगेका थिए । उनीहरुले बहुमतको सरकार निर्माणका लागि सहजता प्रदान गर्न आफूहरु तयार रहेको आश्वासन देउवालाई दिएका थिए । त्यसयता पनि देउवाले शीर्ष नेतासँग टेलिफोन संवाद जारी राखेका देउवाको सचिवालयले जनाएको छ ।

देउवाले जसपाको ठाकुुर–महतो पक्षसँग गठबन्धनको सरकार निर्माणका लागि सहमति खोज्ने कुरामा प्राथमिकता दिएका छन् । त्यसका लागि महामन्त्री खड्काले जसपा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग संवाद जारी राखेका छन् ।

बुधबार पनि खड्का र भट्टराई टेलिफोन संवाद भएको थियो । त्यसपछि भट्टराईको अग्रसरतामा जसपा पदाधिकारी बैठकमा सत्ता समीकरणबारे छलफल भएको थियो । आज पार्टीभित्र थप छलफल गरेर एकीकृत निर्णय दिने उनको भनाइ छ ।

छलफलपछि बहुमतको सरकार निर्माणका लागि ठाकुर केही सकारात्मक भएको काँग्रेस नेताहरुको भनाइ छ । बुधबार प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई बहुमतको सरकार गठनको विपक्षमा जनाउ दिएका ठाकुरले काँग्रेस नेतासँग छलफलमा आफ्ना माग सम्बोधनको ग्यारेन्टी भए सोच्न सकिने जवाफ दिएका थिए ।

सत्ता समीकरणबारे पार्टी बैठकमा छलफल गर्न समेत अरुचि देखाउँदै आएका ठाकुरले बुधबारमा केही नरम देखिएको जसपा स्रोत बताउँछ ।

विपक्षी दलका नेतासँग काँग्रेस नेताहरु नियमित संवादमै रहेको बुझिएको छ । चार पार्टीका नेताबीच आज भेटवार्ता हुने भएको छ । अहिलेसम्म ठाउँ भने तय भइनसकेको काँग्रेस स्रोतले जनायो ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अजेरास्ववियू(क्रान्तिकारी) सिन्धुलीले विभिन्न मागहरू राख्दै प्याबसन र एनप्याबसन सिन्धुलीलाई आज

सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् युथफोर्स उपप्रमुख पुष्पराज श्रेष्ठले सिन्धुली माओवादी नेता राजन दाहालको साम्राज्य नभएको

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ को