तीनपाटन की उपाध्यक्ष तामाङ चढ्ने गाडी अब कोरोना सङ्क्रमितका लागि एम्बुलेन्स



सिन्धुलीको तीनपाटन गाउँपालिकाकी उपाध्यक्ष पदममाया तामाङले  आफूले चढ्दै आएका गाडी कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाउने भएकी छिन। 


संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स मात्रा पर्याप्त नभएपछि उपाध्यक्ष तामाङ ले  चढ्दै आएको गाडी बिरामीको सेवाका लागि प्रयोगमा ल्याउने बताएकी छिन ।

शनिवार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूले चढ्दै आएको बा २झ ४१६३ नम्बर को डबल क्याब बोलेरो  गाडीको चाबी स्वास्थ्य शाखाका प्रमुख इन्द्र प्रसाद दुलाल लाई हस्तान्तरण गरेकी हुन ।

कोरोना महामारीको विकराल रूप नहट्दासम्म वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपाध्यक्ष तामाङले बताइन्। सङ्क्रमितलाई अन्य साना सवारी साधनले सजिलै अस्पताल वा आइसोलेसनमा नपुर्‍याउँदा समस्या बढ्दै गएको पाइएकोले यस्तो निर्णय गरिएको उनेको भनाइ छ। 

तीनपाटन गाउँपालिकामा हाल आफ्नै मातहतमा दुई वटा एम्बुलेन्स सञ्चालनमा छ।  तामाङ स्थानिय तहकाे निर्वाचनमा नेकपा एमाले बाट गाउँपालिका उपाध्यक्षमा बिजय भएकी थिइन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुलीका युवा ब्यबसायी टलकबहादुर बुढाथोकिले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीलाई फूल सहितको गमला दिएका छन्। कमलामाई नर्सरी फर्मका संचालक समेत

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सिन्धुलीको चौथो अधिवेशनले ३ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सिन्धुलीमाढीमा

राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति समिति सिन्धुलीको अध्यक्षमा डा. हरि प्रसाद पोख्रेल निर्वाचित भएका छन् । राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको