कोरोना नियन्त्रणमा लाग्न सरकारलाई एमाले नेतृ उमा कोइरालाको आग्रह



सत्तारुढ दल  नेकपा एमालेकी  केन्द्रीय सदस्य तथा प्रभावशाली नेतृ उमादेवी कोइरालाले सरकारलाई कोरोना रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रित गर्न आग्रह गरेकी छिन ।


बिहीबार सिन्धुली दर्पणसँग प्रतिक्रिया दिँदै कोइरालाले कोरोनाको सङ्क्रमण र मृत्युदर पनि बढ्दै गएको भन्दै सरकारलाई यस तर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेकी  हुन ।


सरकारको अहिलेको मुख्य जिम्मेवारी भनेको जनता जोगाउनु हो उनले भनिन् ‘कोरोनाको सङ्क्रमण फैलिरहेको छ, बिरामीहरूले सहज रूपमा उपचार पाउन नसकेको गुनासो गरी रहेका छन् ।’ स्वास्थ्य संस्थाहरूमा बेड र अक्सिजनको अभाव हुन नदिन तत्कालै आवश्यक योजना बनाउनु पर्ने उनको भनाई छ । 


उनले भनिन ‘सरकार भन्नाले सङ्घीय सरकार मात्र होइन, सङ्घीय, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नु पर्ने देखिन्छ ।’ उपचार नपाएर छटपटाई रहेका बिरामी लाई केही निजी अस्पतालहरूले बिरामीको उपचार गर्न आनाकानी गरेर सरकारलाई असहयोग गरेको भन्दै निजी अस्पताललाई उनले मानवीयता देखाउन आग्रह गरिन् ।


महामारीका बेला नागरिकले सरकारको प्रभावकारी भूमिका खोजेको भन्दै उनले आफ्ना जनता जोगाउन कै लागि भए पनि सरकारले  निजी अस्पतालमा बिरामीको उपचार हुने व्यवस्था सरकारले मिलाउनु पर्ने बताइन् ।


अहिले कोभिडसँग सरकार लडिरहेको समयमा केही अराजनीतिक चरित्र र कुण्ठा बोकेकाहरू सरकारलाई सहयोग गर्नुको साटो उल्टै सरकारसँग भिडेर बस्नेहरूले मानवीयता समेत भुलेको उनको आरोप  छ ।


 यस महामारी सँगको लडाइमा सिङ्गो सरकार मात्र लडेर जित हासिल गर्न नसकिने भएकाले सबै नागरिकले आ–आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने वेला आएको भन्दै उनले नागरिकहरूलाई सुरक्षित भएर बस्नको लागि आह्वान गरेकी छन् ।


साथै नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको सुरक्षामा लाग्न समेत उनले आग्रह गरिन् ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अजेरास्ववियू(क्रान्तिकारी) सिन्धुलीले विभिन्न मागहरू राख्दै प्याबसन र एनप्याबसन सिन्धुलीलाई आज

सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् युथफोर्स उपप्रमुख पुष्पराज श्रेष्ठले सिन्धुली माओवादी नेता राजन दाहालको साम्राज्य नभएको

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ को