समाचार प्रभाव: रिलिफद्धारा गुणस्तरहीन कपि छपाई भएको स्वीकार




सिन्धुली ।समाचार प्रकाशन पछि रिलिफ नेपाल सिन्धुलीले गुणस्तरहीन कपि छपाई भएको स्वीकार गरेको छ ।

सिन्धुली दर्पणले ‘बालबालिकालाई न्यून गुणस्तरको कापी बाँड्दै रिलिफ नेपाल’ शीर्षकको समाचार केही दिन अघि प्रकाशन गरेको थियो ।


समाचार प्रकाशन पछि रिलिफ नेपालले बालबालिकालाई बढ्ने तयारी गरेको कपि वितरण रोकेको थियो । गुणस्तरहीन कपी छपाई गरेर कमिसनको खेलमा सोही कपि वितरणको तयारी गरेको रिलिफ नेपालले अन्ततः आफैले कपि गुणस्तरहीन भएको भन्दै आज विज्ञप्ती जारी गरेको छ ।


रिलिफ नेपाल सिन्धुलीले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल बिचको साझेदारीमा सञ्चालित बाल स्पोन्सरसीप परियोजना अन्तर्गत स्पोन्सरसीप बालबालिकाका लागि वितरण गर्न कापी छपाइका लागि सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो ।


त्यसपछि जिल्लाका ७ वटा र जिल्ला बाहिरका ३ वटा गरी १० वटा सप्लायर्स ले सेवा दिने भनी निवेदन दिएकोमा रिलिफ नेपालले म्याप अल ग्रुप प्रा.लि.ले कपि छपाइको जिम्मा दिएको थियो ।

गुणस्तरहीन कपि छपाई गर्ने म्याप अल ग्रुप प्रा.लि लाई पैसा समेत भुक्तानी गरेर रिलिफ नेपालले गुणस्तरीयता सम्बन्धी रिलिफ नेपालको खरिद समितिले जाँचबुझ गरी रहेको भन्दै आज गल्तीको ढाकछोप गरेको छ । हाल गुणस्तरीयता जाँचबुझ गरेको भने पनि रिलिफ नेपालले किन पैसा भुक्तानी ग¥यो ? यो प्रश्नको जवाफ भने उसले दिएको छैन ।


रिलिफ नेपाललाई Printed copy, 100 page, size 18=50*25 cm, cover page 150 gms & 4 color print both side, 70 gms inner page single print, binding stitch गरिएको कपि उपलब्ध गराउनु पर्ने सर्त भए पनि सप्लायर्स ले माग बमोजिमको कपी उपलब्ध गराएको छैन ।


उसले विज्ञप्ती मार्फत संस्थाले गरेको कपी खरिद प्रक्रियामा गुणस्तरीयताका विषयमा चासो राख्ने तथा समाचार सम्प्रेषण गर्नेलाई धन्यवाद समेत दिएको छ ।


रिलिफ ले आज जारी गरेको विज्ञप्ती अनुसार एक पटक गरेको गल्ती उसले पुनः दोहो¥याएको छ । विज्ञप्तिमा भनिएको छ ‘सप्लायर्स सँग गरेको सम्झौता सर्त अनुसार कपी गुणस्तरको विषयमा कुनै कमीकमजोरी देखिएमा वा समुदायबाट कुनै गुनासो आएमा सोको जबाफदेही हुनु पर्ने भन्ने उल्लेख गरिए अनुसार सप्लायर्स को छपाइका विषयमा माग गरिए बमोजिम नदेखिएकाले सप्लायर्सने पुनः छपाई गर्ने प्रतिबद्धता व्यक्त गरेको अवगत गराउँदछौ ।’


तर, यसरी गल्ती गर्ने सप्लायर्स लाई कालो सुचीमा राखेर पुनः सिलबन्दी दरभाउ पत्र आह्वान गर्नु पर्नेमा उल्टै सप्लायर्स लाई कामको जिम्मा दिनु नै कपि छपाई रहस्यमय बनेको छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामप्रसाद भण्डारीलाई चयन गरेको

सिन्धुली । नेकपा एमाले गोलन्जोर गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । गोलन्जोर गाउँपालिका -७ खुर्कोटको आजाद समृती भवनमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मसिन गर्ने भएको छ । शुक्रबार सम्पन्न