सिन्धुलीको ९ पालिकामा स्काउट संयोजक [नामवली सहित]



नेपाल स्काउटको आवधिक निर्वाचन नभएसम्मको अबधिका लागि देशका सबै स्थानीय नहहरूमा नियमित स्काउटिङ्ग गतिविधि संचालन गर्न गराउन तथा हरेक विद्यालयमा स्काउट इकाई निमार्ण गरि सबै बालबालिका तथा युवाहरूलाई स्काउटीड़ अभियानमा संलग्न गराउन पालिका स्तरमा संयोजक तोकिएको हो ।

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको २०७४ बैशाख ९ गते बसेको बैठक को निर्णय अनुसार सिन्धुलीका ९ वटा स्थानीय तहमा संयोजकहरूको नेतृत्वमा स्थानीय स्काउट तदर्थ समितिहरु गठन गरिएको छ ।

कमलामाई नगरपालिकाको संयोजक भवानी देवकोटा, दुधौलि नगरपालिक तुलसीराम सापकोटा (अनिल ), गोलन्जोर गाउँपालिकाअभिलाषा कोइराला र तीनपाटन गाउँपालिका नवराज दाहाल रहेका छन ।

त्यसैगरी फिक्कल गाउँपालिका केशव बराल, मरिण गाउँपालिकामा अनिता माझी घ्याङलेख गाउँपालिका छविलाल पाख्रिन, सुनकोसी गाउँपालिका कृष्णराज आचार्य साथै हरिहरपुरगढी गाउँपालिका को सत्यमान मोक्तान रहेका छन ।

अब उपरान्त उल्लेखित निकायहरूले गर्दै आएका सम्पूर्ण कार्यहरु एवं भोगचलन गरिरहेका सम्पूर्ण चलअचल सम्पत्तिहरू स्वतः सम्बन्धित स्थानीय स्काउटको मातहतमा जाने छन ।

साथै हाललाई स्थानीय स्काउट तदर्थ समितिहरूको सचिवालयको रूपमा कार्य गर्ने गरी सम्बन्धित स्थानीय तहको पायक पर्ने स्थानमा स्थानीय स्काउटको कार्यालय संचालन गर्नुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । सरकारले राष्ट्रिय गौरवको योजनाको रुपमा निर्माण गर्न खोजेको सुनकोसी–२ जलविद्युत आयोजना सञ्चालन गर्न नमिल्ने गोलञ्जोर गाउँपालिकाले जनाएको छ

सिन्धुलीका युवा ब्यबसायी टलकबहादुर बुढाथोकिले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीलाई फूल सहितको गमला दिएका छन्। कमलामाई नर्सरी फर्मका संचालक समेत

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सिन्धुलीको चौथो अधिवेशनले ३ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सिन्धुलीमाढीमा