बालबालिकाहरुलाई न्यून गुणस्तरको कपि बाढ्दै रिलिफ नेपाल



रिलिफ नेपाल सिन्धुलीले वल्र्डभिजन इन्टरनेश्नल नेपालको साझेदारीमा सञ्चालित बाल प्रत्याभुत संचार परियोजना लागु भएका सिन्धुली जिल्लाका विभिन्न गाउँपालिका विद्यालयमा अध्ययनरत बालबालिकाहरु लाई तोकिए भन्दा न्यून गुणस्तरको कपि वितरणको तयारी गरेको सिन्धुली जिल्लामा सञ्चालित छापाखान हरुले आरोप लगाएका छन् ।

जिल्लामा सञ्चालित छापाखानाहरुले कपि छपाईका लागि भएको शिलबन्दी दरभाउ पत्र आह्वान र त्यस पछिका प्रक्रियामा रिलिफ नेपाल सिन्धुलीले बदनियत पूर्ण ढंगले छलकपट गरि न्यून गुणस्तरको कपि छपाई गरेर भुक्तानी समेत गरिसकेको छ । हाल वितरणको तयारी भईरहेको भन्दै दरभाउ पत्रमा प्रतिस्पर्धा गरेका जिल्लाका विभिन्न छापाखाना र सप्लायर्सहरुले छपाई भएर आएको कपिको गुणस्तर परीक्षणको माग गरेका हुन ।

संस्थाले गुणस्तरमा सम्झौता गरेर कमसल कपि वितरणको प्रयास भएको भन्दै रिलिफ नेपालको डोनर संस्था बल्र्डभिजन इन्टरनेश्नल नेपालको तर्फबाट सिन्धुली जिल्लाका विभिन्न परियोजनाको अनुगमन र सुपरिवेक्षण गर्दै आउनु भएकी अधिकृत रन्जीता डल्लाकोटि लाई फोन मार्फत कपिको गुणस्तर परीक्षण गर्न जानकारी गराएको मुद्रण उद्योग संघ सिन्धुलीले बताएको छ ।

डल्लाकोटि जिल्ला बाहिर रहेकाले लिखित रुपमा जानकारी गराउन नसकिएको र जिल्ला आउने वित्तिकै सबै व्यहोरा उल्लेख गरेर संस्थागत ढंगले लिखित जानकारी गराउने बताईएको छ ।

कपि छपाईका लागि तोकिएको मापदण्डमा १०० पेजको १८।५० सेमि चौडाई र २५ सेमि लम्बाई भएको, १५० ग्रामको आर्ट पेपरको कभर लागेको, मल्टी कलरमा कभर दुवै साईड प्रिन्ट गरेको, भित्रि पानाहरु ७० ग्रामको हुनु पर्ने उल्लेख थियो ।

तर संस्थाले छनौट गरेको ‘म्याप अल ग्रुप प्रा.लि.’ नामको सप्लायर्सले यि कुनै पनि मापदण्ड नभएको कमसल कपि छपाई गरेर ल्याए पनि संस्थाले गुणस्तर परीक्षण नगरि रकम भुक्तानी गरेर कपि बालबालिका लाई वितरणको तयारी गरेको थाहा पाए पछि दरभाउपत्रमा प्रतिस्पर्धा गरेका छापाखानाहरुले गुणस्तर घटाएर कपि छपाई गरि संस्थाले कमिशनको चलखेल गरेको आराेप लागएका छन ।

आफूहरुले गुणस्तर अनुसारको मुल्य पेश गर्दा प्रतिस्पर्धाबाट बाहिरिनु परेको भन्दै यो बद्नियत पूर्ण गतिविधि भएको आरोप सहित छानमिनका लागि डोनर संस्था बल्र्ड भिजन इन्टरनेश्नललाई अनुरोध गरेका छन् ।


कपि छपाईका लागि प्रतिस्पर्धा गरेको मध्यएको एक सफल नेपाल अफसेट प्रेस सिन्धुलीका प्रबन्धक विनय दाहालका अनुसार संस्थाले छपाई गरि ल्याएको कपिका भित्रि पानाहरु ७० ग्रामको हुनु पर्नेमा ५४ ग्रामको पेपर प्रयोग गरिएको, कभर १५० ग्राम हुनु पर्नेमा ११५ ग्राम मात्र प्रयोग गरिएको, दुवै साईड मल्टी कलर नछापिएको, (भित्रपट्टि सिंगल कलर छापिएको) कपिको साईज चौडाई १८।५० सेमि हुनु पर्ने मा १८ सेमि मात्र र लम्बाई २५ सेमि हुनु पर्नेमा २४ सेमि मात्र भएको भित्रि पेज १०० हुनु पर्नेमा ९६ पेज मात्रै भएको बाएउनु भयाे ।

प्रतिस्पर्धिहरुलाई भित्रि प्रत्येक पानामा संस्थाको आईडेनटिको रुपमा सिंगल कलरमै दुई जना बालबालिकाको फोटोमा बालबालिकालाई सुनौ भन्ने स्लोगन वाटर मार्कमा छाप्नुपर्ने भनिएपनि त्यो समेत नगरि छपाई गरेको पाइएकाे छ ।

त्यस्ता कुनैपनि गुणस्तर नमिलेको कपि स्वीकार गरि भुक्तानी समेत गरिसकेकाले संस्थाले गलत मनासायले सप्लायर्स सँग मिलेर कमिशनको चक्करमा गुणस्तरहीन कपि छाप्न सहयोग गरेको आरोप लगउनु भयो ।

दरभाउ पत्रमा सहभागि सिन्धुली अफसेट प्रेसका नविन श्रेष्ठले आफूहरुलाई एउटा गुणस्तरमा प्रतिस्पर्धा गर्न लगाईएको र कपि अर्कै ल्याईएको भन्दै संस्थाको भूमिका बदनियत पूर्ण देखिएको बताउनु भयो ।

संस्थाले जुन कपि छापेर ल्याएको छ त्यो २२ देखि २५ रुपैया सम्ममा दिन सकिने खाल्को भएको उहाँको भनाई छ ।

संस्थाले सुरु देखिनै सिन्धुली जिल्लाका छापाखानहरुले छपाई गर्न सक्दैनन भन्दै काम अन्तै दिने मनासयले काम गरेको बताउनु भयो ।

संस्थाले कपि छपाईका लागि भनेर कोटेशन संकलन र भपाई गरेर १ देखि १० सम्म सिरियलि भपाई तयार गरेको तर खाममा कोड नलेखिएको भन्दै सात वटा खाम नै नखोल्ने हास्यास्पद गतिविधि गरेको भन्दै संस्था सुरु देखिनै गलत मनासायमा रहेको बताउनु भयो ।

कोटेशन प्रक्रियामा सहभागि भएको अर्को फर्म परजुना सप्लायर्सका शुशिल कुमार देवकोटाले संस्थाले कोटेशन प्रक्रिया मै बदनियत राखेको र यो अवस्था सृजना भएको बताउनु भयो ।

चौधौ दिन १२ बजे सम्म प्राप्त कोटेशनहरु मात्र प्रतिस्पर्धामा सहभागि हुनु पर्नेमा आफूले १२ः१५ बजे कोटेशन पेश गर्ने म्याद सकिएकाले कोटेशन भपाई बन्द गर्न अनुरोध गर्दा संस्थाका कर्मचारीले त्यसो गर्न नमानेको र त्यो क्रममा आफ्नो सामान्य डिस्कस समेत भएको बताउनु भयो ।

संस्थाले अन्तिम दिन १२ बजे पछि प्राप्त शिलबन्दी लाई समेत दर्ता गरेको र त्यो म्याद नाघि आएको शिलबन्दी भएकाले संस्थाको नियत गलत रहेको उहाँले बताउनु भयो ।

रिलिफ नेपाल सिन्धुलीले छपाई गरि ल्याएको कपि बजारमा चलन चल्तीमा रहेका क्लासमेट, कलश, सत्यम, केशव, ओस्कार, दिपज्योति, पूजा लगायतका कपि भन्दा न्यून गुणस्तरको छ ।

यि कपिहरुमा ५८ देखि ६४ ग्राम सम्मका पेपर प्रयोग भएका हुन्छन् । संस्थाले त्यो भन्दा पनि राम्रो बनाउने भन्दै ७० ग्रामको पेपरमा प्रतिस्पर्धा गराएर ५४ ग्रामको पेपरको कपि स्वीकार्ने कार्य भनेको कमिशनका लागि दायरा फराकिलो पार्ने भन्दा अरु केहि देखिदैन ।

७० ग्रामको उच्च गुणस्तरमा प्रतिस्पर्धा गराएर सप्लायर्सलाई ५४ ग्रामको कपि छाप्न सहमती दिदा ठूलो रकम कमिशन बापत हात पार्न पाईने भएकाले संस्थाले यो बद्नियत गरेको प्रष्ट रुपमा देखिन्छ ।

प्रतिस्पर्धा गरेका छापाखानाहरुको माग अनु्सार कागजको गुणस्तर परिक्षण गरेर ७० ग्रामको भए नभएको पुष्टि गर्ने दायित्व अब रिलिफ नेपाल र डोनर संस्था बल्डभिजनकै हो ।

यसरी बालबालिकाको नाममा आएको रकमबाट गुणस्तरमा सम्झौता गरि कमिशनको लोभ देख्नु समाज कल्याण परिषद्मा दर्ता भएको संस्थाको लागि शोभनिय विषय भने होइन ।

के थियो कोटेशन प्रक्रिया ?

रिलिफ नेपाल सिन्धुलीले २०७७ माघ २७ गते चौध दिने समयावधि सहित कपिको विभिन्न गुणस्तर उल्लेख गर्दै सूचना जारि गरेर कपि छपाईका लागि दरभाउ पत्र आह्वान गरेको थियो ।

संस्थाको सूचना र मापदण्ड तथा गुणस्तर अनुसार समय भित्र र समय पछि गरि विभिन्न १० वटा फर्महरुले उक्त दरभाउ पत्रमा प्रतिस्पर्धाका लागि दरभाउ पत्र शिल गरि बुझाएका थिए ।

१० वटा दरभाउ पत्र मध्य संस्थाले उल्लेख गरेको शर्त अनुसार शिलबन्दी दरभाउ पत्रको खाममा कोड नम्बर उल्लेख नगरेको भन्दै ७ वटा शिलबन्दी खाम नै नखोलि तीनवटा खाम मात्र खोलिएको थियो ।

तीनवटा खाम खोल्दा पनि शिल खोल्ने बेला प्रतिस्पर्धीहरुलाई बोलाईएको थिएन । सामान्यतया अन्तिम दिन १२ बजे कोटेशन पेश गरेपछि १÷२ बजे शिलबन्दी खाम खोल्ने प्रक्रिया हुन्छ तर रिलिफ नेपालले चलखेल गर्नका लागि उक्त खाम धेरै दिन पछि मात्र खोलेको थियो ।

अझ हास्यापद विषय त के थियो भने कोटेशन फर्म संकलन फारममा कपि छपाईका लागि प्राप्त शिलबन्दी कोटेशनको भपाई लेखिएको थियो तर खोल्ने बेला खाममा कोड उल्लेख नभएको भनेर यि कोटेशन के का लागि आएको थाहा नभएकाले नखुलेको गैर जिम्मेबार अभिव्यक्ति संस्थाका जिम्मेबार व्यक्तिहरुले दिएका थिए ।

नखोलिएका शिलबन्दी बोलपत्रहरु खोलिएको भए मूल्य अझ कम हुने प्रतिस्पर्धिहरु बताउछन् । संस्थाले कपि स्टोर दाखिला गरिवरि सप्लायर्सलाई भुक्तानी समेत दिई सकेको पाईएको छ । तर भुक्तानी दिनु अघि कपिको गुणस्तर परिक्षण नगरिकाले यसमा संस्थाको मिलेमतो प्रष्ट रुपमा देखिन्छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मसिन गर्ने भएको छ । शुक्रबार सम्पन्न

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ ।‌