अब नेपाल टेलिकमको डाटा, भ्वाइस, तथा एसएमएस प्याक खल्ती माेवाइल वालेटबाटै किन्न सकिने



नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपबाटै किन्न सकिने भएकाे छ । खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूकाे माेवाइल नम्बरका लागि समेत खरिद गर्न सकिने छ । 

 नेपाल टेलिकमकाे प्याक किन्न खल्ती एपको होमस्क्रिनमा रहेको डाटा प्याकभित्र गइ चाहेको प्याक छनौट गरेर खरिद गर्न सकिने छ । यसरी नेपाल टेलिकमकाे विभिन्न प्याकको शुल्क कति पर्छ भनेर सहजै थाहा पाउने छन्  ।  नेपाल टेलिकम र खल्ती डिजिटल वालेटबीच यस सम्बन्धि सम्झाैता भएकाे । सम्झाैतापत्रमा नेपाल टेलिकमका निर्देशक मिनु प्रधान र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे। 

खल्तीका सहायक प्रबन्धक जाेनाम भूर्तेल ग्राहकको आवश्यकता बुझी नेपाल टेलिकमकाे डाटा प्याकलाइ माेबाइल एपमै ल्याएका बताउँछन् । ‘अब ग्राहकले आफ्नो मात्र नभई आफ्नो परिवार तथा साथीहरुको लागि पनि प्याक खरिद गरिदिन सक्ने छन्,’ उनलेे भने, ‘यसले गर्दा प्याक कहाँबाट किन्ने थाहा नहुनेहरुलाई र डायल गर्नुपर्ने विभिन्न काेडले गर्दा झण्झट मान्नेहरूलाई समेत सजिलाे भएकाे छ ।’

नेपाल टेलिकमका १२ देखि ३ हजार रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन् । ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट सबै प्याकको भुक्तानी गर्न सक्नेछन् । 

खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का १७ लाख भन्दा बढि प्रयोगकर्ताहरु छन् ।

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती’ एप यो Khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ । याे एप प्ले स्टोर वा एप स्टोरमा समेत उपलब्ध छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल,

सिन्धुली । उद्योगी व्यवसायीहरु सँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी  अन्तरक्रिया गरिएको छ । “आजको स्वच्छ  भोजन, भोलीको स्वस्थ 

नेपाल विद्युत् प्राधिकरणले आफ्नै पोलको भाडा माग्दा इन्टरनेट प्रदायक र केबल टिभी सञ्चालहरूले भने सरकारलाई ज्ञापनपत्र बुझाउँदै भाडा दर वृद्धि