वैशाख १५ भित्र क्रियाशील सदस्यको विवरण पठाउन कांग्रेसको निर्देशन



काँग्रेसले पार्टीका क्रियाशील सदस्यताको विवरण केन्द्रलाई पठाइसक्नुपर्ने म्याद पुनः एक साता सारेको छ ।

 सोमबार साँझ बसेको केन्द्रीय कार्यसमितिको बैठकले १५ वैशाखभित्र क्रियाशील सदस्यहरूको विवरण केन्द्रमा पठाइसक्नुपर्ने, अन्यथा महाधिवेशनमा भाग लिन नपाउने गरी ७३ जिल्ला र क्षेत्रीय समितिहरूलाई निर्देशन गरेको हो । 

बैठकले अहिलेसम्म फारम नै नपाएका सप्तरी र सिन्धुपाल्चोक तथा अन्य जिल्लाको भन्दा ढिला गरेर फारम पुगेका बारा र सोलुखुम्बुबाहेक ७३ जिल्लाका जिल्ला कार्यसमिति र क्षेत्रीय समितिहरूले एक साताभित्र क्रियाशील सदस्यको विवरण पठाइसक्नुपर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जानकारी दिए । 

सप्तरी, सिन्धुपाल्चोक, बारा र सोलुखुम्बुले वैशाख ३० गतेसम्म क्रियाशीलको विवरण पठाउने म्याद पाएका छन् । ‘महाधिवेशनको मिति नजिकिएको छ, लामो समय पर्खिरहने अवस्था छैन, त्यसैले प्राविधिक कारणवश रोकिएकाबाहेक सबै जिल्लालाई १५ गतेभित्र क्रियाशीलको विवरण सफ्टवेयरमा इन्ट्री गरिसक्न निर्देशन गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय सुनाउँदै लेखकले भने, ‘वैशाख १५ गते राति १२ बजेबाट सफ्टवेयरमा इन्ट्री गर्ने सिस्टम नै बन्द हुन्छ ।’

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तल्ला तहको अधिवेशन सुरु हुन अब करिब दुई महिना मात्रै बाँकी छ । तर, ती अधिवेशनका मतदाता अर्थात् क्रियाशील सदस्यहरूको नामावली अझै सङ्कलन नै भइसकेको छैन । नामावली सङ्कलनपछि त्यसमाथि दाबी विरोध र छानबिनको काम अझै बाँकी नै छ । काँग्रेसले हाल भएको सदस्यता सङ्ख्यालाई दोब्बर गर्ने र त्यस्तो विवरण सम्बन्धित जिल्लाबाटै सफ्टवेयरमार्फत केन्द्रीय कार्यालयमा पठाउने व्यवस्था गरेको छ । जसअनुसार केन्द्रलाई अहिलेसम्म ७३ जिल्लाबाट ६ लाख पाँच हजार चार सय तीन जना क्रियाशील सदस्यको विवरण प्राप्त भएको संयोजक लेखकले बताए ।


जसमध्ये नवीकरण भएका पुराना सदस्यको सङ्ख्या तीन लाख ३० हजार रहेको छ भने नयाँ क्रियाशील सदस्यको सङ्ख्या दुई लाख ८६ हजार रहेको छ । 


छानबिन समितिका संयोजक लेखकले यस पटक काँग्रेसले सबै क्रियाशील सदस्यहरूको विवरण वेबसाइटमा सार्वजनिक गर्ने बताए । ‘क्रियाशील सदस्यता छानबिन समितिलाई प्राप्त विवरण हामी वैशाख १५ गतेपछि सार्वजनिक गर्छौँ, त्यो विवरण हेरेर आफ्नो नाम सच्याउनेदेखि जानकारी राख्ने कुरा हुन्छ, म छानबिन समितिका तर्फबाट त्यसका लागि आग्रह गर्दछु,’ लेखकले भने । 

उनले महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गर्ने गरी क्रियाशील सदस्यतामाथिको विवाद र समायोजनका विषयमा पार्टीभित्र छलफल भइरहेको बताए ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामप्रसाद भण्डारीलाई चयन गरेको

सिन्धुली। नेकपा एमाले तीनपाटन गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट छत्र बहादुर दाहाल सर्वसम्मत निर्वाचित भएका छन्

सिन्धुली । नेकपा एमाले सुनकोसी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रोमनराज गिरी (अशोक) लाई