एमाले जिल्ला अध्यक्षको म्याराथन दौडमा कसले मार्ला बाजी



सिन्धुली । यहि पुस २३ र २४ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको जिल्ला अधिवेशन हुने भएको छ ।

अधिवेशनले पुस १७ गते प्रतिनिधि छनोट गर्नेछ । जिल्लाका ७९ वाडा कमिटी र २१ जनबर्गीय सगठन बाट करिब आठ सय प्रतिनिधीहरु आउने एमाले सिन्धुलीले जनाएको छ।  

एमाले जिल्ला अध्यक्षको दावेदारहरुमा प्रदीप कटुवाल, केशव प्रसाद देवकोटा,  कुमार बहादुर कार्की (रामकुमार), विनोद कुमार खड्का र कौशल कोइराला देखिएका छन् ।

एमालेका बर्तमान जिल्ला अध्यक्ष प्रदीप कुमार कटुवाल सहित युवा नेताहरु अध्यक्ष पद हत्याउन आ–आफ्नो कार्यकर्ताहरुको बिचमा मत  माग्दै  आफ्नो पक्षमा प्रतिनिधीहरु पार्न लविङ्गमा रहेका छन् ।

अध्यक्षका दाबेदार बर्तमान  अध्यक्ष प्रदिप कुमार कटुवाल रहेका छन्। कटुवाल सिन्धुली क्षेत्र नं.१ प्रदेशसभा ‘ख‘ मा एमालेका तर्फबाट बाग्मती प्रदेशसभा सदस्य मा निर्वाचित भएका थिए ।उनी, २०७० सालमा एमाले को ७ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर नौ बर्ष जिल्ला पार्टी नेतृत्व हाँकी सकेका छन्।

केशव प्रसाद देवकोटा एमाले  राजनितिमा लामो समय सक्रिय प्रभावशाली नेता हुन् । एमाले पूर्व जिल्ला अध्यक्षसमेत रहेका नेता देवकोटा केन्द्रीय सदस्य हुँदै जनकपुर इन्चार्ज समेत बनेका थिए ।माओवादी जनयुद्धको समयमा सिन्धुलीको एमाले थेग्ने नेताको रुपमा चिनिन्छन्।

यता एमालेको सक्रिय राजनीतिमा रहेका कुमार बहादुर कार्की (रामकुमार)  अनुशासित र मेहनती नेताको रुपमा परिचित छन् । उनी भूमी समस्या समाधान आयोग जिल्ला अध्यक्ष समेत रहेका थिए। कार्की  अहिले अध्यक्षका प्रत्यासी मध्ये  कार्यकर्ताहरुको माझ सबैभन्दा लोकप्रीय रहेका छन्।

पछिल्लो पुस्ताका युवा नेताहरुमा विनोद कुमार खड्काको पहिचान अलि फरक छ । युवा संघबाट एमालेको राजनीतिमा प्रवेश गरेका नेता हुन्। खड्काले नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको नारा लिएर अगाडी बढेका छन्।

यस अघीको एमालेको सातौँ जिल्ला अधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए । प्रदेशसभा निर्वाचनमा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नं २ प्रदेशसभा ‘क‘ बाट बागमती प्रदेश सभा  सदस्यमा निर्वाचित भएका थिए।

त्यसैगरी,कौशल कोइराला पनि एमाले जिल्ला अध्यक्षको दौडमा रहेका छन् । एमालेको सातौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेरद्वारी दिएका कोइराल पराजित भएका थिए।

यी पाँचै जना नेताको आ–आफ्नै उच्च छवी छ । सम्भवतः पाँचै जना अध्यक्षको म्याराथनमा रहेको स्पष्ट हुन्छ । यता सचिव पदमा नेता नारायण बराल र कर्णबहादुर घिसिङ र महेन्द्रदेव श्रेष्ठको नाम चर्चामा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । सरकारले राष्ट्रिय गौरवको योजनाको रुपमा निर्माण गर्न खोजेको सुनकोसी–२ जलविद्युत आयोजना सञ्चालन गर्न नमिल्ने गोलञ्जोर गाउँपालिकाले जनाएको छ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सिन्धुलीको चौथो अधिवेशनले ३ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सिन्धुलीमाढीमा

राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति समिति सिन्धुलीको अध्यक्षमा डा. हरि प्रसाद पोख्रेल निर्वाचित भएका छन् । राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको