शिक्षक संगठन सिन्धुलीको अध्यक्षमा डा.पोख्रेल निर्वाचित, पौडेलले पाए लोकप्रिय मत



राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति समिति सिन्धुलीको अध्यक्षमा डा. हरि प्रसाद पोख्रेल निर्वाचित भएका छन् ।

राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको १३ औं जिल्ला सम्मेलनले डा. पोख्रेललाई निर्वाचित गरेको हो ।
सिन्धुलीमाढीमा शुक्रबार देखि सुरुभएकाे जिल्ला सम्मेलनमा सहमती जुट्न नसकेपछि नेतृत्व चयनका लागि अध्यक्ष, उपाध्यक्ष (खुल्ला) ,सचिव,कोषाध्यक्ष र समावेशी जनजाति सदस्य पदमा नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो ।

शनिबार सिन्धुलीमाढीमा भएको मतदानमा अध्यक्षका प्रत्याशी शम्भु प्रसाद दाहाललाई भारी मतान्तरले पछि पार्दै उनी पाँच सय तेह्र मतसहित विजयी भएका हुन्। पोख्रेलका प्रत्यासी शम्भु प्रसाद दाहालले दुई सय एकाउन्न मत प्राप्त गरेका थिए।

उपाध्यक्षमा तुलसीराम पोख्रेलले चार सय बत्तिस मत सहित वीजयी भएका थिए। भने, प्रत्यासी बलबहादुर भुजेलले तीन सय बाईस मत प्राप्त गरेका थिए ।

त्यसैगरी सचिवमा रमेश कार्कीले चार सय छयासी मत प्राप्त गरेर वीजय हासिल गरेका थिए। उनका निकटतम प्रतिद्वन्दी रामकुमार थापाले दुई सय अढ्सठ्ठी मत पाए।

यता कोषाध्यक्षमा सर्वाधिक मत सहित नवराज पौडेल विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी लक्षमण रिमाललाई चार सय शन्ताउन्ननबे पछि पार्दै छ सय पन्ध्र मत प्राप्त गरेका थिए । रिमालले भने,एक सय एघार मत मात्रै पाए।समावेशी जनजाति सदस्यमा खेल बहादुर पूर्वछाने चार सय सन्ताउन्न मत सहित बिजय भएका छन।

यसअघि बरिष्ठ उपाध्यक्ष (महिला)अभिलाषा कोइराला, सह सचिव मेनुका सुवेदी, सह–कोषाध्यक्षमा मिना कुमारी आचार्य, सदस्यहरूमा दीपक कुमार बुढाथोकी, मीन प्रसाद भट्टराई, शारदा ढुङ्गेल, डिल्लीराम फुयाँल, विदुर फुयाँल, नवीन कुमार सुनुवार, धनबहादुर थापा, कृष्णराज आचार्य, प्रेम प्रसाद पहाडी र राजन बराल सर्व सम्मत चयन भएकाे निर्वाचन समितिका संयोजक पुरुषोत्तम दाहालले जानकारी दिए ।

यसैगरी,समावेशी महिला दलित तर्फ सीता बि.क., राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम पहाडी, गुणविक्रम कुवर, विष्णु प्रसाद सापकोटा र शकुन्तला श्रेष्ठ निर्वाचित भएका छन । लेखा समिति संयोजकमा भने, कमल प्रसाद न्यौपाने, लेखा समिति सदस्यमा भगवान् कुमार पोख्रेल, सूर्य विक्रम कार्की सर्वसम्मत चयन हुनु भएको छ ।

कुल १ हजार २ सय ६७ मत मध्ये ७ सय ७९ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । सरकारले राष्ट्रिय गौरवको योजनाको रुपमा निर्माण गर्न खोजेको सुनकोसी–२ जलविद्युत आयोजना सञ्चालन गर्न नमिल्ने गोलञ्जोर गाउँपालिकाले जनाएको छ

सिन्धुलीका युवा ब्यबसायी टलकबहादुर बुढाथोकिले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीलाई फूल सहितको गमला दिएका छन्। कमलामाई नर्सरी फर्मका संचालक समेत

सिन्धुली । यहि पुस २३ र २४ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको जिल्ला अधिवेशन हुने भएको छ । अधिवेशनले