गोर्खा वारियर-२ : बाँकी छायांकन सिन्धुलीदेखि सुरु, २०२२ को अन्त्यमा प्रदर्शन तयारी



सिन्धुली । कोरोनाभाइरस महामारीको दोस्रो लहरले रोकिएका फिल्मको छायांकन अहिले धमाधम सुचारु हुँदैछन् । मिलन चाम्सको निर्माण एवं निर्देशन रहेको ‘गोर्खा वारियर २’ सुटिङ बिहीबारदेखि सिन्धुलीमा सुरु भएको छ ।

यहाँको माडीस्थित कालीमाई मन्दिरमा पूजाआजा सहित दोस्रो सेड्युलको छायांकन सुरु भएको जानकारी निर्देशन चाम्सले दिए । कोरोनाको दोस्रो लहरअघि फिल्मको ४० प्रतिशत छायांकन सकिएको छ ।

सिन्धुलीसहित दमौली, मलेसिया र बेलायतमा बाँकी भाग खिचिने जानकारी चाम्सले दिए । ब्रिटिस गोर्खा सैनिकको वीरता र संघर्षको गाथा चित्रण गर्ने फिल्मको मुख्य भूमिकामा रितेश चाम्सले अभिनय गरिरहेका छन् ।

११७ जनाको क्रिउसहित सुचारु भएको बाँकी छायांकन अझै एक महिना निरन्तर हुने जनाइएको छ ।

सिन्धुलीमा रितेश र विजय लामाले मुख्य दृश्यहरुको लागि फिल्म खिचिरहेका छन् । सन् २०२२ को अन्त्यमा रिलिज लक्ष्य राखिएको फिल्ममा रेविका गुरुङ, रियर राई, शिशिर वाङ्देल, भुवनसिंह राई, बुद्धि तामाङ, कविता आले, विरुद्ध घले, सारा राईको समेत अभिनय छ ।

‘गोर्खा वारियर-२’ रिलिजपछि मात्र फिल्म हलमा प्रिक्वेल प्रदर्शन गर्ने निर्देशक चाम्सको तयारी छ । फिल्मको छायांकनलाई २ वटा क्यामेरा प्रयोगमा आएको छ । यसले दृश्यको आयामलाई फराकिलो तुल्याउने र समयको बचत हुने आशा पनि निर्देशकले लिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अहिलेकी चर्चित मोडल तथा कलाकार गरिमा शर्माको सुन्दरता झल्कने अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगम थपलियाको स्वरमा रहेको

सिन्धुलीका लोकप्रिय सर्जक एवम् गायक श्याम अधिकारीको पछिल्लो गीत सार्बजनिक भएको छ । अधिकारीको परदेशी बाध्यता र बिवस्ताको को कारण

पूर्ण लम्साल र लक्ष्मी ओली अभिनित ‘एकादेशको कथा’ बोलको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यसअघि यी दुईको अभिनयमा