जम्बो मन्त्रिपरिषद्को तयारीमा बागमतीका मुख्यमन्त्री पाण्डे



तिहारलगत्तै सदनबाट विश्वासको मत लिने तयारीमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे मन्त्रालय भागबन्डामा जुटेका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयास गरिरहेका छन् ।

माओवादी र कांग्रेसले चाररचार मन्त्रालय र एकरएक राज्यमन्त्री मागेपछि पाण्डे नेतृत्वको सरकार जम्बो मन्त्रिपरिषद् बनाउन बाध्य हुने देखिएको छ । मुख्यमन्त्री पाण्डेले पनि शपथ ग्रहणलगत्तै यसतर्फ संकेत गरिसकेका छन् । उनले गठबन्धनमा रहेका दलहरूलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गरेका हुन् । माओवादी र कांग्रेसमा पनि मन्त्री बन्न सांसदहरूले लबिइङ थालिसकेका छन् ।

तीनवटै पार्टीले मन्त्रीको नाम उपलब्ध गराउन नसकेपछि पाण्डेको शपथ ग्रहणमा संसदीय दलका उपनेताको नेतृत्वमा सरकारमा जाने निर्णय गरेर दलहरूले पहिलो चरणमा सांसदहरूलाई थामथुम पारेका थिए ।

मुख्यमन्त्री पाण्डेले ८ मन्त्रालय फुटाएर मुख्मन्त्रीसहित १२ वटासम्म बनाउने तयारी गरेका छन् । साढे ३ वर्षसम्म मुख्यमन्त्री रहेका डोरमणि पौडेलले ७ मन्त्री र १ राज्यमन्त्रीबाट प्रदेश सरकार चलाउँदै आएका थिए । त्यसपछि मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको पालामा ८ मन्त्री र ४ राज्यमन्त्री गरी १२ सदस्यीय मन्त्रिपरिषद् थियो । शाक्यले मन्त्रिपरिषद् ठूलो बनाएको भन्दै गठबन्धनले व्यापक विरोध गरेको थियो । एमाले उपाध्यक्ष शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि गठबन्धनले पाण्डेको नेतृत्वमा सरकार गठन गरेको हो । अहिले वाग्मतीमा मुख्यमन्त्रीसहित एकीकृत समाजवादीबाट दुई, माओवादी र कांग्रेसबाट एकरएक जना गरी चार सदस्यीय मन्त्रिपरिषद् छ ।

गठबन्धनका एक सांसदका अनुसार सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद र महिला बालबालिका तथा ज्येष्ठ नागरिक गरी तीनवटा मन्त्रालय बनाइनेछ । यसअघि मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाएकी थिइन् । त्यसलाई पुनः विभाजन गरेर थप दुइवटा मन्त्रालय गठन गरिने तयारी भइरहेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर ऊर्जा तथा खानेपानी मन्त्रालय बनाउने छलफल भइरहेको छ । ‘यो मन्त्रालय हाल कांग्रेसले सम्हालेको छ । ३७ प्रतिशत बजेट यसै मन्त्रालयमा रहेका कारण कांग्रेसले विभाजन गर्न मानिरहेको छैन,’ गठबन्धनका एक सांसदले भने । उनका अनुसार भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पनि विभाजन गरेर कृषि मन्त्रालय छुट्टै बनाउने र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर वन तथा वातावरण मन्त्रालय बनाउने मुख्यमन्त्री पाण्डेको तयारी छ ।

गठबन्धनमा सहभागी दलहरूबाट १२ जनासम्म मन्त्री नै बन्नेछन् भने तीन राज्यमन्त्री बन्ने करिब टुंगो लागिसकेको छ । ‘मन्त्री र राज्यमन्त्री गरेर १६ जनासम्म हुने देखिएको छ । संविधानअनुसार २२ जनासम्म बनाउन सकिन्छ,’ ती सांसदले भने । कांग्रेस र माओवादी केन्द्रले ४र४ वटा मन्त्री र एकीकृत समाजवादीले मुख्यमन्त्रीसहित ४ जना मन्त्री पाउने गरी छलफल भइरहेको छ ।

‘हालकै अवस्थामा गठबन्धनमै रहेको जनता समाजवादी पार्टीलाई एउटा राज्यमन्त्री मात्र दिने र बाँकी राज्यमन्त्री आवश्यकताका आधार बाँडफाँट गर्ने गरी सत्तारूढ दलभित्र छलफल जारी छ,’ ती सांसदले भने । उनका अनुसार जसपाले पनि मन्त्रीमै दाबी गरिरहेको छ । हाल फुटको संघारमा रहेको विवेकशील साझा पार्टी पनि गठबन्धनमा सामेल भएको खण्डमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि गठबन्धनभित्र छलफल भइसकेको छ । स्रोतका अनुसार विवेकशील साझा विभाजन भएको खण्डमा गठबन्धनमा आएर सरकारमा जाने सम्भावना छ । वाग्मती प्रदेशमा विवेकशीलका तीन सांसद छन् । कान्तिपुरका लागि सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति समिति सिन्धुलीको अध्यक्षमा डा. हरि प्रसाद पोख्रेल निर्वाचित भएका छन् । राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पालिकाको प्रथम सम्मेलनले जिल्लाका नौ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका नौ

नेपाली कांग्रेस सिन्धुली संघीय क्षेत्र नम्बर २ मा देउवा पक्षीय उम्मेदवार कुमार ढकाल एक मत अन्तरले निर्वाचित भएका छन् ।