कसरी गर्ने सुन्तलाजात फलफूल खेतीमा आईपर्ने समस्या कत्ले कीरा र ध्वाँसे रोगको व्यवस्थापन



‘देख्दा सामान्य समस्या जस्तो लागेता पनि समयमै व्यवस्थापन नगरिएमा कत्ले कीरा र कालो ध्वाँसे रोगले जुनार तथा सुन्तलाजात फलफूल उत्पादनमा उल्लेख्य मात्रामा ह्रास ल्याउँदछ ।”

के हो त कत्ले कीरा र ध्वाँसे रोग?

कत्ले कीरा हेमिप्टेरा (Hemiptera) वर्गमा पर्ने एक स-साना कीरा हो । हल्का रातो खैरो रङ्गको यो कीराले आफ्नो मुख बिरुवाको हाँगा, पात तथा फलमा गाडेर बसेको हुन्छ । जुन कीरा सुन्तलाजात वर्गका फलफूलमा देखा पर्ने एक प्रमुख कीराको रुपमा देखा परेको कीराले जुनारको हाँगा, पात तथा फलबाट समेत अत्याधिक मात्रामा रस चुसी क्षती गर्ने प्रकृतिको हुन्छ । जस्ले गर्दा यो कीराले एक प्रकारको गुलियो पदार्थ (मधुरस) निष्कासन गर्दछ, जुन कालो ध्वाँसे रोग फैलनका लागि उत्प्रेरकको रुपमा रहन्छ ।


सुन्तलाजात बालीमा लाग्ने ध्वाँसे रोगको एक ढुसीजन्य रोग हो । जुन Capnodium citri नामक ढुसीको संक्रमणद्वारा लाग्ने गर्दछ । ढुसी फैलनको लागि कत्ले कीराले निष्कासन गरेको मधुरसले उत्पेरकको रुपमा काम गर्दछ । प्रथमत: यो रोगको विकासको लागि कत्ले कीराले निष्कासन गरेको मधुरसमा कमिला तथा अन्य स-साना कीराहरु आकर्षित हुन्छन र सोहि क्रममा तिनीहरुले विष्टाएको विष्टा र मधुरसमा ढुसीको विकास भई सोही क्षेत्रमा कालो पत्रले ढाकेको देखिन्छ, जसलाई ध्वाँसे रोग भनिन्छ । यो रोगको ढुसीले बिरुवा/बोटको पात, डाँठ र फलमा समेत ढाकी प्रकाश सश्लेषणमा बाधा पुर्याोउदछ, जसले गर्दा बिरुवाको वानस्पतिक वृद्धि र विकास तथा फलको आकार, तौल र गुणस्तरमा समेत ह्रास पुर्यादउँदछ।

कसरी गर्ने त कत्ले कीरा र ध्वाँसे रोगको व्यवस्थापन?


कत्ले कीरा र ध्वासे रोगको व्यवस्थापन गर्ने तरिका भिन्ना भिन्दै भएको हुनाले निम्नानुसारका व्यवस्थापनका उपायहरु अपनाउनु पर्दछ । यथार्थमा कत्ले कीराको संक्रमण कम भएमा ध्वाँसे रोगको प्रकोप न्यून हुन्छ ।

१. कत्ले कीराको व्यवस्थापनका लागि:

  • स्वस्थ तथा रोग कीरा मुक्त बिरुवाको मात्र प्रयोग गर्ने ।
  • कीराको वृद्दि र विकासको सुरुवाती अवस्था (चैत-जेष्ठ महिना) मा नै कीरा देखा परेका भागहरु हटाउने ।
  • बगैचाको नियमित अनुगमन गर्ने र कीरा लागेको देखा पर्नासाथ व्यवस्थापनका विभिन्न विधिहरु अवलम्वन गर्ने ।
  • मट्टितेल र साबुन पानीको घोल बनाएर छर्कने ।
  • पेट्रोलियम युक्त खनिज तेल (ATSO-Agriculture Tree Spray Oil) सर्वो तेल १2 मि.लि. प्रतिलिटर पानीमा मिसाई २-३ पटक कीराले आक्रमण गरेको भाग/बोटमा १५/१५ दिनको अन्तरालमा ३-४ पटक छर्कने ।
  • दैहिक किटनासक बिषादि जस्तै डाईमेथोयट ३०% ई.सी. (रोगर, माहारोगर, अनुगोर, तेजा, आदि) २ मि.लि. प्रतिलिटर पानीमा मिसाई कीरा लागेको भाग/बोटमा १५/१५ दिनको अन्तरालमा ३-४ पटक छर्कने ।

२. ध्वाँसे रोगको व्यवस्थापनका लागि

  • बोट बिरुवामा लागेको कत्ले तथा लाही कीराको नियन्त्रण गर्ने ।
  • हिउँद मौसममा बोटको काँटछाँट गरिसकेपछि ०.५-१.० % को वोर्डो मिश्रण पर्योग गर्ने ।
  • रोग देखा परेको बिरुवा वा बोटमा वर्षात् मौसमको अन्त्यतिर ०.५-१.० % को वोर्डो मिश्रण वा कपर युक्त ढुसिनासक बिसादी (कपर अक्सिक्लोराईड) २ ग्राम प्रति लिटर पानीमा मिसाई १५/१५ दिनको अन्तरालमा ३-४ पटक छर्कने ।

सुन्तलाजात फलफूलको कत्ले कीरा र ध्वाँसे रोगको समस्या व्यवस्थापनमा हाम्रो अनुभव
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वन एकाई, सिन्धुलीमा कार्य अनुभव कार्यक्रममा रहदा हामीले सुन्तलाजात फलफूल खेतीमा देखा पर्ने कत्ले कीरा र ध्वाँसे रोगको समस्या व्यवस्थापन परीक्षण कार्य गोलन्जोर गाउँपालिका वडा नं. ५, विजयछाप स्थित यो समस्याहरु देखा परेका २० बोट जुनारमा गरेका थियौँ ।

मिति २०७८/०४/२१ गते देखि २०७८/०५/२८ गते सम्म सञ्रालन गरिएको परीक्षण कार्यमा सर्वप्रथम कत्ले कीराको व्यवस्थापनको लागि २०७८/०४/२१ गते देखि १५/१५ दिनको अन्तरालमा ३ पटक प्रेट्रोलियम युक्त खनिज तेल (ATSO-Agriculture Tree Spray Oil) सर्वो तेल ७० मि.लि. ‌+ डाईमेथोयट ३०% ई.सी. (रोगर) ७ मि.लि. प्रति ७ लिटर पानीमा मिसाई छनौट गरिएका बोटहरुमा छर्केका थियौँ र यो कार्य सुरुवात गरेको ७ दिन पश्चात (२०७८/०४/२८ गतेबाट) ध्वाँसे रोग व्यवस्थापनको लागि कपर युक्त ढुसिनासक बिसादि (कपर अक्सिक्लोराईड) १० ग्राम प्रति ५ लिटर पानीमा मिसाई छनौट गरिएका बोटहरुमा १५/१५ दिनको अन्तरालमा ३ पटक छर्केका थियौँ ।

माथि उल्लेखित परीक्षण कार्य पश्चात् छनौटमा परेका संक्रमित बोट/बिरुवाहरुमा कत्ले कीराको संख्या करीब ८०% सम्म नियन्त्रण भएको पाईयो भने ध्वाँसे रोगको हकमा कालो पत्र ( ढुसी) ले ढाकिएको भाग उल्लेख्य रुपमा उप्किएर गएको पाईयो, जुन नतिजा प्राविधिक तवरले सन्तोषजनक मान्न सकिन्छ । तसर्थ सुन्तलाजात फलफूल खेतीमा देखा पर्ने कत्ले कीरा र ध्वाँसे रोगको समस्या व्यवस्थापनको लागि माथि उल्लेखित विधिहरु प्राविधिक एवम आर्थिक हिसाबले उपयुक्त भएकाले किसान वर्गहरुले अवलम्वन गर्नुपर्ने देखिन्छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामप्रसाद भण्डारीलाई चयन गरेको

सिन्धुली । नेकपा एमाले गोलन्जोर गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । गोलन्जोर गाउँपालिका -७ खुर्कोटको आजाद समृती भवनमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मसिन गर्ने भएको छ । शुक्रबार सम्पन्न