युवा संघ र अनेम संघको हरिहरपुरगढी गाउपालिका स्तरीय भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न



सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ को हरिहरपुरगढी गाउँपालिका स्तरीय भेला सप्पन्न भएको छ !

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ झनझनेमा मंगलबारभएको भेला राष्ट्रिय युवा संघ नेपाल बाग्मती प्रदेश इन्चार्ज अमित तामाङ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

भेलाले सुवर्ण जंग राई को अध्यक्षतामा १०१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल गाउँपालिका कमिटी गरेको छ भने गोमा राई (दिलमाया ) को अध्यक्षतामा ५९ सदस्य अखिल नेपाल महिला संघ गठन गरेको छ ।

कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय उपाध्यक्ष एवम् युथफोर्स उपप्रमुख पुष्प श्रेष्ठ , अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य पार्वती भट्टराई, नेकपा एमाले केन्द्रिय सदस्य कमलजंग राई, नेकपा एमाले केन्द्रिय सल्लाहकार समिति सदस्य केशव प्रसाद देवकोटा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरु दीपक माझी र बसन्त माझी , जिल्ला संयोज देवराज वाइवा एमाले बागमती प्रदेश कमिटी सदस्य बिनोद खड्का र कर्ण घिसिङ को सहभागिता रहेको थियोे ।

त्यसैगरी नेकपा एमाले सिन्धुली उपसचिव महेन्द्रदेव श्रेष्ठ , विद्यार्थी नेताहरु गोकर्ण भुजेल दीपेश बराल लगाएतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । यहि पुस २३ र २४ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको जिल्ला अधिवेशन हुने भएको छ । अधिवेशनले

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पालिकाको प्रथम सम्मेलनले जिल्लाका नौ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका नौ

नेपाली कांग्रेस सिन्धुली संघीय क्षेत्र नम्बर २ मा देउवा पक्षीय उम्मेदवार कुमार ढकाल एक मत अन्तरले निर्वाचित भएका छन् ।