सिन्धुलीमा स्विकृती विना अनाधिकृत रुपमा इन्टरनेट विस्तार, तिर्दैनन् पोल भाडा



इन्टरनेट, टेलिफोन र केबुल टिभी नेटवर्क व्यवसाय र नेपाल विद्युत् प्राधिकरण बीच पोल भाडाको विषय चर्कंदै जाँदा सिन्धुलीमा  हालसम्म बिना सम्झौता इन्टरनेट सेवा प्रदायकले अनाधिकृत रुपमा प्राधिकरणको पोल प्रयोग गरेको पाइएको छ ।

प्राधिकरणका पोल प्रयोग गरेर वर्षौंदेखि टेलिफोन, इन्टरनेट र केबल टिभी व्यवसायीले व्यवसाय सञ्चालन गर्दै आएका छन्।

नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख ईन्जिनियर  शुनिल कुमार महत्तोका अनुसार नेपाल टेलिकम,वर्ल्डलिंक,सुवेसु, क्लासिटेक,एनसिएल,एरोनेट र वेबसफर इन्टरनेट सेवा बिस्तार गरेका छन । तर सिन्धुलीका कुनैपनि इन्टरनेट सेवाप्रदायकहरुले बिजुलीको पोल भाडा तिर्नु त टाढाको कुरा विस्तारको लागि अनुमति समेत लिएका छैनन् ।

प्राधिकरणले सार्वजनिक सूचना निकालेर आफ्ना संरचना प्रयोग गरी इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा बेचिरहेकालाई भाडा सम्झौता गर्न आउन भनेको छ । तर, सिन्धुलीका इन्टरनेट ब्याबसायीहरुले प्राधिकरणको सूचनालाई बेवास्ता गर्दै आएका छन्। यसबाट सिन्धुलीका इन्टरनेट ब्यबसायीहरुले बिद्युत प्राधिकारणलाई नटेरेको प्रष्ट देख्न सकिन्छ ।

प्रकृती नेटवर्क प्रा.लि.

सिन्धुलीमा २० वर्षदेखि प्रकृती नेटवर्क प्रा.लि. ले सिन्धुलीमाढी बजार क्षेत्रमा केवल टिभी सेवा बिस्तार गर्दै आएको छ। अहिले वेब सर्फर नेपाल कम्युनिकेशनको इन्टरनेट उसैले वितरण गरेको छ। सिन्धुलीको सिन्धुलीमाढी बजार, मरिण कपिलाकोट, भद्रकाली, खनियाखर्क, डाँडीगुराँसे, सिलामे, रानीचुरी जरायोटार र भिमस्थान बेलघारी लागाएत क्षेत्रमा इन्टरनेट वितरण गरेको छ भने, करिव दुई हजार ग्राहक संख्या रहेको छ।सिन्धुलीमा सबै भन्दा धेरै बिद्युतको पोल पनि उसैले प्रयोग गरेको पाइन्छ ।

युनाइटेड नेटवर्क प्रा.लि.

सिन्धुलीमा ७ बर्पदेखि युनाइटेड नेटवर्क प्रा.लि. ले इन्टरनेट सेवा विरण गर्दै आएको छ।उसले सुबेसुको इन्टरनेट वितरण गरेको छ। केही समय केवल रहित सेवा दिएको उसले पछिल्लो समय फाइबर बाट सेवा बिस्तार गरेको छ । सिन्धुलीको माढीबजार क्षेत्र, मरिण गाउँपालिका,घ्याङलेक गाउँपालिका र चपौली लगाएत क्षेत्रमा एक हजार भन्दा बढी ग्राहाक रहेका छन्। युनाइटेड नेटवर्कले पनि बिद्युत पोल भाडाको सम्झौता गरेको छैन।

नेपाल टेलिकम (नेट फाइबर)

नेपाल टेलिकमले पनि टेलिफोन सेवामा र केबल लाइनमा प्राधिकरणकै पोल प्रयोग गर्छ । सिन्धुलीमा नेपाल टेलिकम ले अधिकांश नेपाल बिद्युत प्राधिकरणको पोल प्रयोग गरेको छ। तर, टेलिकम र बिद्युत प्राधिकरणको केन्द्रमा नै  भाडाको सम्झौता हुने गरेको छ। टेलिकमले सिन्धुलीमाढी बजार, भीमान, खुर्कोट र दुधौलीमा टेलिफोन र इन्टरनेट बिस्तार गरेको छ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड

सिन्धुलीमा पछिल्लो तीन वर्षदेखि वल्डलिंक कम्युनिकेशन लिमिटेडले पनि सेवा विस्तार गरेको छ । सिन्धुलीमाढी र भीमान बजारमा शाखा कार्यालय नै स्थापना गरेर सेवा बिस्तार गरेको छ।वल्डलिंकको  सिन्धुलीमा करिब दुई हजार ग्राहक संख्या रहेको छ । उसले पनि नेपाल बिद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्र सँग समन्वय नै नगरी इन्टरनेट बिस्तार गरेको छ।

श्री ओम केवल नेटवर्क प्रालि (भीमान)

सिन्धुलीको भीमान बजार लाई  मध्यनजर गरेर १० बर्षदेखि केवल टिभी सेवा बिस्तार गर्दै आएको छ। अहिले वेब सर्फर नेपाल कम्युनिकेशनको इन्टरनेट उसैले वितरण गरेको छ।उसको करिब पाँच सय ग्राहक संख्या रहेका छन । ओम केवलले भीमान बजार , भीमानपारी, दोभान, इनारपानी, करुङ्गखोला, काउछे हुँदै रानीबास र चन्दनपुर सम्म इन्टरनेट सेवा वितरण गरेको छ।

एरोनेट प्रा.लि

सिन्धुलीको मध्यपहाडी क्षेत्रकोमा एरोनेट प्रा.लि.ले इन्टरनेट सेवा बिस्तार गरेको छ ।सुनकोशी गाउँपालिकको नेपालथोक देखि गोलन्जोर गाउँपालिकाको  खुर्कोट, ग्वाल्टार हुँदै फिक्कल गाउँपालिका सम्म फाइबर मार्फत्  एरोनेटले सेवा बिस्तार गरेको छ। तर विद्युत प्राधिकरण सिन्धुली सँग सम्पर्क नै गरेको छैन।

दुधौली निशान केवल

सिन्धुलीको दुधौली नगरपालिका र तीनपाटन गाउँपालिकामा दुधौली निशान केवल ले इन्टरनेट बेच्दै आएको छ। वेब सर्फर नेपाल कम्युनिकेशनको फाइबर मार्फत् सेवा वितरण गरेको छ। उसले पनि पूर्णरुपमा सम्झौता विना बिद्युतको पोलहरु अनाधिकृत रुपमा प्रयोग गरेको छ।तीनपाटन र दुधौलीमा करिब सात सय ग्राहक संख्या रहेका छन।

भरोसा सहकारी (दुधौली)

सिन्धुलीको दुधौली क्षेत्रमा पछिल्लो समयसि भरोसा सहकारी सहकारी संस्था ले इन्टरनेट बितरण सूरुवात गरेको छ । उदयपुरको कटारी बजारमा रहेको ब्रोडलिंक नेटवर्क एण्ड कम्यूनिकेसन बाट सहकारीले खरिद गरेरे  फाईबर मार्फत दुधौलीमा विस्तार गरेको छ। यसको एक सय ग्राहक संख्या रहेको छ।

सुनकोसी केवल नेटवर्क प्रालि(खुर्कोट)

सिन्धुलीको गोलन्जोर गाउँपालिका -७ खुर्कोटमा रहेकोन्धु सुनकोसी केवल नेटवर्क प्रालिले पनि इन्टरनेट विरण गर्दै आएको छ । उसले वेब सर्फर नेपाल कम्युनिकेशनको फाईबर इन्टरनेट बितरण गरेको छ। खुर्कोट, खाल्टे, हैवारबेसी, बलेनी, देउरालीटार, ग्वाल्टार  तथा रामेछापको सेलेघाट र बिर्तामा समेतमा बिद्युत प्राधिकरणको स्विकृती बिना फईबर बिस्तार गरेको छ ।यसको करिव पाँच सय ग्राहक संख्या रहेका छन।

सेवा प्रदायकहरूले प्राधिकरणको देशभरका विद्युत् पोल, प्रसारण लाइनका टावर/ पोल प्रयोग गरी, प्रसारणलाइन टावरमा जडित अप्टिकल फाइबर भाडामा लिई सहरदेखि दुर्गम गाउँसम्म इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन विस्तार गर्दै आएका छन् । पोल प्रयोग गर्दा प्राधिकरणसँग सम्झौता गरेर मात्र केलब प्रयोग गर्नुपर्ने हो तर सम्झौता नगरी देशैभर एकतर्फी रूपमा सेवा चलिरहेका छन् । सहरी क्षेत्रमा प्रति पोल ७ सय ५० रुपैयाँ भने अप्टिकल फाइबर केबलमा जडान गरेवापत २४ कोरसम्म महानगरपालिका,नगरपालिका र गाउँपालिकामा क्रमश बाह्र र सात हजार रुपैयाँ प्रतिकिलो मिटर प्रतिवर्ष तिर्नुपर्ने हुन्छ।

प्राधिकरणले असोज १५ गते सम्म सम्झौता नवीकरण नगर्ने, बक्यौता नतिर्ने सेवा प्रदायकलाई आफ्ना विद्युतीय संरचना प्रयोग गरी नयाँ सेवा विस्तार गर्न रोक लगाउने र पोलमा जडान गरिएको तार तथा उपकरण हटाउने बताएको छ।

प्राधिकरणसँग सम्झौता नगरेकाले नयाँ सेवा विस्तार गरेको भेटिए सामान जफतसम्मको निर्देशन प्राधिकरणले दिएको छ । तर गाउँगाउँसम्म फाइबर विस्तार भने जारी राखेका छन् ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामप्रसाद भण्डारीलाई चयन गरेको

सिन्धुली । नेकपा एमाले गोलन्जोर गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । गोलन्जोर गाउँपालिका -७ खुर्कोटको आजाद समृती भवनमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मसिन गर्ने भएको छ । शुक्रबार सम्पन्न