मन्त्रिपरिषद् विस्तारको चर्चाकै बीच किन बोलाए,प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक



प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । भोलि (बिहीबार) बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले सर्वदलीय बैठक बोलाएका उनका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।

परियारका अनुसार संसद् अवरोध र पछिल्लो समसामयिक राजनीतिक घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । मन्त्रिपरिषद् विस्तारको चर्चा चलिरहेकै समयमा देउवाले सर्वदलीय बैठक बोलाउनुलाइ अर्थपूर्ण रूपमा हेरिएको छ ।

संसद्‌मा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायत सबै दललाई बैठकमा बोलाइएको छ ।

यसअघि पनि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्यका लागि बैठक बोलाएका थिए । तर, उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन् ।

संघीय संसद्का दुवै सदन एमालेले दैनिक अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । एमालेले १४ जना सांसदलाई कारवाहीको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामप्रसाद भण्डारीलाई चयन गरेको

सिन्धुली। नेकपा एमाले तीनपाटन गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट छत्र बहादुर दाहाल सर्वसम्मत निर्वाचित भएका छन्

सिन्धुली । नेकपा एमाले सुनकोसी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रोमनराज गिरी (अशोक) लाई