अढाई महिना मुख्यमन्त्री नबन्ने भन्दै, झोक्किए इन्द्र बानियाँ



नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकार परिवर्तनको सन्दर्भमा कांग्रेसले अढाइ महिना मुख्यमन्त्री नमागेको बताएका छन् ।

केही सञ्चार माध्ययमहरुमा नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीसँग अढाइ महिना सरकारको नेतृत्व कांग्रेसलाई दिन प्रस्ताव गरेको भनी आएका समाचारहरुको खण्डन गर्दै नेता बानियाँले त्यस्तो कुनै प्रस्ताव नेपाली कांग्रेसको तर्फबाट नभएको बताए ।

‘काम न काजसँग अढाइ महिनाको लागि मैले सरकारको नेतृत्व मागी प्रस्ताव गर्ने कुरा हुँदैन । गठबन्धनको बैठक नै बसेको छैन, त्यस्तो प्रस्ताव कसले गर्यो मलाई थाहा छैन’ –बानियाँ झोक्किए । पार्टी विभाजनपछि एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।

सरकार परिवर्तनको विषयमा पाँच दलीय गठबन्धनको बैठक नबसेको र शीर्ष नेताहरुले सरकारको नेतृत्वको विषयमा कुनै टुंगो नलगाएकोले बजारमा आएको कुरा हल्लामात्रै भएको बानियाँले बताए । उनले भने ‘सरकारको नेतृत्व गर्ने भन्ने कुरा माथिबाट टुंगो लागेपछि मात्रै हुने हो । केन्द्रीय नेतृत्वको निर्णय नै अन्तिम हुन्छ ।’ उनले भने ।

कूल ११० जना मध्ये हाल प्रदेशमा १०९ सांसद छन् । सरकारको नेतृत्व गर्न ५६ सांसदको साथ आवश्यक पर्छ । स्पष्ट बहुमतमा रहेको एमाले दल विभाजनसंगै ४३ सांसदमा खुम्चिएको छ । यस्तो परिस्थितिमा शाक्यले विश्वासको मत लिने तयारी गरेकी छिन् । पाँच दलीय गठबन्धन बाहेकका विपक्षी दलहरुले शाक्यलाई समर्थन गर्दा पनि उनले विश्वासको मत पाउने अवस्था रहँदैन ।

प्रदेशमा एमालेको ४३, नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, एकीकृत समाजवादीको १३, राप्रपाको २, नेमकिपाको २, विवेकशील साझा पार्टीको ३ र स्वतन्त्र १ जना सांसद रहेका छन् । असोज २५ गतेभित्र मुख्यमन्त्री शाक्यले प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गर्ने तयारी गरेकी छिन् । सो अधिवेशनमा शाक्यले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामप्रसाद भण्डारीलाई चयन गरेको

सिन्धुली। नेकपा एमाले तीनपाटन गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट छत्र बहादुर दाहाल सर्वसम्मत निर्वाचित भएका छन्

सिन्धुली । नेकपा एमाले सुनकोसी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रोमनराज गिरी (अशोक) लाई