यस्तो छ सिन्धुली प्रहरीको चाडपर्व लक्षित विशेष सुरक्षा योजना



नेपालीहरुको महान् चाड वडा दशैं, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विशेष सुरक्षा योजना बनाएको छ ।

सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित प्रहरीले चाडपर्व बिशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।

सामान्य अवस्थामा भन्दा चाडपर्वमा हत्या, अपरहण, ठगी, चोरी, महिला हिंसा,पाकेटमारी, स्न्याचिङ, लुटपाट, जुवा, अवैध मदिरा विक्री वितरण, आगजनी, विष्फोटन, तस्करी, चोरी निकासी, ट्राफिक दुर्घटना, ठगी, ट्राफिक नियम उल्लंघन जस्ता जस्ता आपारधिक गतिविधि बढने भएकाले सुरक्षा योजना बनाएको सिन्धुली प्रहरी प्रमुख एसपी गोबिन्द थपलियाले जानकारी दिए ।

सुरक्षालाई चुस्त राख्न बिशेष सुरक्षा योजना अन्तर्गत दैनिक ३ सय ९९ प्रहरी गर्ने,चार्ड पर्वमा हुने अपराधीक घटना न्यूनीकरण गर्न र सवारी दुर्घटनालाई न्यूनीकरण गर्नको लागी राजमार्ग र बस्तीमा सुरक्षा गस्ती बढाएको छ। विभिन्न क्षेत्रमा आकस्मिक चेकजाँच र सतर्कता समेत प्राथामिकता दिइएको जनाएको छ । सर्वसाधारणलाई घर छाडेर जाँदा छिमेक वा प्रहरीलाई खबर गरेर निस्कन आग्रह गरेको छ ।

साथै, कतै शंकित वस्तु देखा परे तत्काल १०० मा सम्पर्क गरि प्रहरीको सुरक्षा योजनामा सहयोग गर्न अनुरोध गरेको छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ ।‌

‘‘देख्दा सामान्य समस्या जस्तो लागेता पनि समयमै व्यवस्थापन नगरिएमा कत्ले कीरा र कालो ध्वाँसे रोगले जुनार तथा सुन्तलाजात फलफूल उत्पादनमा