ओलीको गुनासो- ‘संविधान मिचिँदा सञ्चार माध्यम मौन’



पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट संविधान मिचिँदा सञ्चार माध्यम मौन बसेको गुनासो गरेका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित विभिन्न सञ्चार माध्यमका ५० जनाभन्दा बढी सम्पादकसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले सरकारबाट एकपछि अर्काे पटक संविधान मिचिँदा सञ्चार माध्यम मौन बसेको बताएका हुन् । आफ्नो सरकारको पालामा सञ्चारमाध्यमबाट भएको खबरदारीलाई धन्यवाद दिएका उनले भने, ‘एमाले सरकारमा छँदा सञ्चार माध्यमबाट महत्वपूर्ण सहयोग पायौं । सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरू दिनुभयो । ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्‍यो ।’

सरकारलाई सञ्चार माध्यमको खबरदारी आवश्यक पर्ने बताएका अध्यक्ष ओलीले देउवा सरकारलाई खबरदारी नपुग्दा संविधान मिचिने काम भएको टिप्पणी गरे । संविधान मिचिँदा सञ्चार माध्यम मौन बस्दा सरकारले गल्ती गरेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । यहि पुस २३ र २४ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको जिल्ला अधिवेशन हुने भएको छ । अधिवेशनले

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पालिकाको प्रथम सम्मेलनले जिल्लाका नौ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका नौ

नेपाली कांग्रेस सिन्धुली संघीय क्षेत्र नम्बर २ मा देउवा पक्षीय उम्मेदवार कुमार ढकाल एक मत अन्तरले निर्वाचित भएका छन् ।