सिन्धुलीको कमलामाई नगर सभापतिमा तीन युवाको उम्मेद्वारी, कस्ले मार्ला बाजी?



सिन्धुली ।नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत सिन्धुलीमा वडा अधिवेशन सम्पन्न भएपछि पार्टी भित्रका नेताहरु पालिकास्तरको नेतृत्व आ-आफनो पक्षमा ल्याउन कसिएका छन ।

नेपाली कांग्रेस कमलामाई नगरपालिकाको नेतृत्वका लागि ३ जनाले युवा नेताहरुले आफनो उम्मेद्वारी घोषणा गरेका छन् ।

नेपाल बिद्यार्थी संघ सिन्धुलीका बर्तमान सभापती उत्पल खड्का, कमलामाई नगरपालिका वडा नं.६ का जननिर्वाचित वडा अध्यक्ष उज्वल कुमार थापा र नेपाली कांग्रेसको १३औं महाधिवेशनमा नगर सभापतिका प्रत्यासी समेत रहेका कमल पोख्रेलले पार्टीको नगर नेतृत्वमा आ–आफ्नो दावी रहेको घोषणा गरेका छन् ।

 प्यानल गत रुपमा औपचारिक उम्मेदवारी घोषणा नगरे पनि सभापतिका आकांक्षीहरुले भने कार्यकर्ता भेटघाटलाई तिब्र बनाएका छ्न ।

कांग्रेसको तल्लो संरचना वडा अधिवेशन सम्पन्न हुँदा पचास प्रतिशत युवा नेतृत्वमा आउन सफल भएका छन्।कांग्रेस सधैँ बुढाखाडाको पार्टी भन्ने चर्चा चलिरहेका बेला १४ औँ महाधिवेशनअन्तर्गत तल्लो तहको नेतृत्व चयनमा युवा पुस्ताको आर्कषण बढेको हो। पछिल्लो समय राजनीतिमा युवाहरूको चासो बढेको छ। जसले गर्दा यस अधिवेशनबाट कांग्रेसको नेतृत्वमा युवाहरू आउन सफल भएका छन्।अहिलेको अधिवेशनको परिणामले अब कांग्रेसलाई बुढाको मात्र पार्टी भन्ने आरोपले मिथ्या सावित हुने बनाएको छ ।नगर सभापति तथा गाउँ सभापति चयनको कांग्रेसको लागि असोज ९ गते निर्वाचन हुँदै छ।

तर, सिन्धुली जिल्लाको सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकाको नगर सभापतिमा एकैपटक तीन युवाहरु एउटै पदका लागि प्रतिशपर्धा गर्न मैदानमा उत्रिएका छन ।

उत्पल खड्का

नेपाली कांग्रेसको भातृ संगन  नेपाल बिद्यार्थी संघ (नेविसंघ) सिन्धुलीका बर्तमान जिल्ला सभापति उत्पल खड्काले कमलामाई नगरपालिका नगर सभापतिमा उम्मेद्बारी घोषणा गरेका छन् । पछिल्लो समय युवा पुस्तामा लोकप्रिय रहेका खड्काले २०६२ सालमा नेवि संघ सिन्धुली बहुमुखी क्याम्पस इकाई सदस्य हुँदै राजनितीक यात्राको शुरुवात गरेका थिए । उनी २०६५सालमा नेवि संघको तर्फकाट स्ववियु निर्वाचनमा सदस्य पदमा उम्मेरदार बनेका थिए । त्यसपछि २०७० मा नेवि संघ सिन्धुलीको जिल्ला सदस्य बने लगतै  उनले २०७० भदौ १६ गतेबाट नै नेवि संघ सिन्धुली सभापतीको रुपमा नेतरृत्व समालेका थिए ।

हालः नेपाली कांग्रेस कमलामाई नगर समिती सदस्या मनोनित खड्का गैरसरकारी संस्था महासंघ सिन्धुलीका  सचिव रहेका छन । त्यसैगरी शिद्धेश्वर खानेपानी उपभोक्ता समितिको सचिव र जिल्ला फुटबल संघ सिन्धुलीको कोषाध्यक्ष सहित विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएर शक्रिय रहेका छन ।

उज्वल कुमार थापा

नेपाली कांग्रेस कमलामाई नगर सभापतिमा युवा नेता उज्वल कुमार थापाले उम्मेदवारी घोषणा गरेका छन । आसन्नन १४ औं महाधिवेशनको सरगर्मी बढेका बेला युवाहरुमाझ लोकप्रिय बनेका थापाले पार्टीको नगरसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन। २०६४ सालमा नेवि संघ  सिन्धुली बहुमुखी क्याम्पस इकाईको प्रमुख सल्लहकार बनेर राजनितिक यात्राको शुरुवात गरेका उनी २०७३ सालमा तरुण दालको जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।

२०७४ साल बैसाखमा कमलामाई नगरपालिका वडा नं. ६ मा नेपाली कांग्रेसका तर्फबाट अत्याधिक मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित भएका युवा नेता थापा वडाध्यक्षहरु मध्ये सबैभन्दा अब्बल, सरल र मिजासिला मानिन्छन ।

कमल पोख्रेल

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा कमलामाई नगरपालिकाको नगर सभापतिमा यवा नेता कमल पोख्रेलले पनि दावी गरेका छन ।पोख्रेलले २०५८ साल बाट नेपाल बिद्यार्थी संघ इकाई सदस्य राजनितिक यात्रा आरम्भ गरेका थिए।प्रतिगमन बिरुद्धको २०५९ साल माघ १९ गतेको बिद्यार्थी आन्दोलमा नेतृत्वदाही भुमिकामा रहेका उनले सात बर्ष नेपाल बिद्यार्थी संघ सिन्धुलीको जिल्ला सचिवको रहेर काम गरेका थिए ।

स्वबियु निर्वाचनमा साभपतीमा उम्मेरद्बारी दिएका पोख्रेलले कमलामाई नगरपालिकाको नगर सचिव समेत बनेर नेतृत्व दाही  भुमिका निर्वाह गरेका छन् ।भने यसअघि १३औं महाधिवेसनमा नगर सभापतिको प्रत्याशी  समेत हुन ।

तसर्थः   कांग्रेसको नगर सभापतिमा  यी तीन युवा नेताहरु  एक अर्का विरुद्ध भिड्नु नै नेपाली काङ्ग्रेस सिन्धुलीको बिडम्बना हो । अन्ततः  सहमतिमा  नेतृत्व चयन गर्नु नै राम्रो हुने छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अजेरास्ववियू(क्रान्तिकारी) सिन्धुलीले विभिन्न मागहरू राख्दै प्याबसन र एनप्याबसन सिन्धुलीलाई आज

सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् युथफोर्स उपप्रमुख पुष्पराज श्रेष्ठले सिन्धुली माओवादी नेता राजन दाहालको साम्राज्य नभएको

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ को