खाद्य संस्थानको लहान शाखामा धान खरिदमा ९७ लाख भ्रष्टाचार



सांकेतिक तस्विरः

नेपाल खाद्य संस्थान लहान शाखामा धान खरिदमा ९७ लाख बढी रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनबाट कार्यालय प्रमुख र लेखा अधिकृतले मिल संचालकसँग मिलेर धान खरिदमा ९७ लाख २ हजार ७ सय ८४ रुपैयाँ भ्रष्टाचार गरेको खुलेको हो ।

२०७५ सालमा नियम विपरित ७० हजार क्विन्टल धान खरिद गर्दा कार्यालय प्रमुख गंगाप्रसाद साह र तत्कालीन लेखा प्रमुख सुनिताकुमारी यादवले मिल संचालकसँग मिलेर उक्त रकम भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए ।

कर्मचारीले कमिसन लिएर गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्दै अख्तियारमा उजुरी परेको उनले बताए । रिसालका अनुसार खरिद व्यवस्था निर्देशिका विपरीत भुक्तानी दिएर रकम हिनामिना गरेको खुलेको छ ।

अख्तियराले धान खरिदमा अनियमिता गर्ने कार्यालय प्रमुख साह र लेखा प्रमुख यादवविरुद्ध हिनामिना गरेको उक्त रकम असुल गर्न माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै कर्मचारीसँग धान बिक्री गर्दा मिलेमतो गर्ने निलकमल सेलर मिलका संचालक अशोककुमार अग्रवालविरुद्ध ७ लाख ५१ हजार १ सय ४३ तथा अर्का गिरधारी खाद्य उद्योगका संचालक लालुप्रसाद अग्रवालविरुद्ध ५८ लाख ७५ हजार ६ सय १२ रुपैयाँ बिगो जफत हुन मागदाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । उद्योगी व्यवसायीहरु सँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी  अन्तरक्रिया गरिएको छ । “आजको स्वच्छ  भोजन, भोलीको स्वस्थ 

नेपाल विद्युत् प्राधिकरणले आफ्नै पोलको भाडा माग्दा इन्टरनेट प्रदायक र केबल टिभी सञ्चालहरूले भने सरकारलाई ज्ञापनपत्र बुझाउँदै भाडा दर वृद्धि

इन्टरनेट, टेलिफोन र केबुल टिभी नेटवर्क व्यवसाय र नेपाल विद्युत् प्राधिकरण बीच पोल भाडाको विषय चर्कंदै जाँदा सिन्धुलीमा  हालसम्म बिना