यी लक्षण देखिएमा जोसुकैलाई हुन सक्छ अल्जाइमर्स



एजेन्सी ।अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा देखिने यस रोगबाट विश्वमा बृद्धबद्धा बढी प्रभावित छन् । यी हुन् अल्जाइमर्स रोगका लक्षणः

स्मरणशक्ति गुम्नुः यो अल्जाइमर्स भएका व्यक्तिमा देखिने मुख्य लक्षण हो । बिर्सनु आफैमा रोग होइन । तर, अल्जाइमर्सका बिरामीले बारम्बार अर्थात भर्खर भनेका कुरा पनि बिर्सन्छन् । बिरामीले आफ्नै घरको बाथरुमदेखि भर्खरै बोलेको मानिस चिन्दैनन् ।

मुल्यांकनमा कठिनाईःसामान्य अन्दाज गर्न समेत नसक्नु अल्जाइमर्स रोगको अर्को लक्षण हो ।

डिप्रेस र मन परिवर्तनः कुनै व्यक्तिको मुड परिवर्तन भइरहन्छ र प्रायः निराश देखिन्छ भने उसलाई भित्रभित्रै अल्जाइमर्सले गाँजेको हुनुपर्छ । डिप्रेसन अल्जाइमर्स रोगको पूर्व लक्षण हो ।

निर्णय क्षमतामा हसः कसैले निर्णय गर्न सक्दैन् वा मनमा दुविधा मात्र राख्छ भने पनि अल्जाइमर्सको लक्षण हो ।

ध्यान नहुनुः अल्जाइमर्सका विरामीमा नियमित काममा कत्ति पनि ध्यान हुँदैन । उसले यसअघि गरेका काम सबै बिर्सन्छ । उसको सबै दिनचर्या नै खलबलिन्छ ।

बोल्न कठिनाईः अल्जाइमर्सका बिरामीले राम्रोसँग बोल्नै सक्दैनन् । तसर्थ, कसैसँग बोल्दा राम्रोसँग बाक्य बनाउन सकिदैन वा बोल्दा धक लाग्छ भने त्यो पनि अल्जाइमर्सको अर्को लक्षण हो ।

मनमा छटपटीः मन स्थिर नहुनु, छटपटी बढ्नु एउटै स्थानमा केही वेर पनि बस्नु नसक्नु अल्जाइमर्सका लक्षण हुन् ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धादिङ। धादिङ अस्पतालले अत्याधुनिक अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले आज एक कार्यक्रममा बिच

मोरङको बेलबारी- ७ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँडिरहेका छन् । न उनी साधू, न त

चिकित्सकका छाता संगठनहरुको तीव्र विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राखिने भएको छ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले