एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुजाको घरमा, आजै उद्घाटनको तयारी



नेकपा एकीकृत समाजवादीको पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा रहने भएको छ।

काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगर (तीनकुने पुल दक्षिण) मा पूजा थापा बस्नेको घरमा पार्टीको केन्द्रीय कार्यालय रहने पार्टी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए।

आज बिहान १० बजेदेखि नै सञ्चालनमा आउने कार्यालयको आज बिहाननै उद्घाटन गर्ने तयारी गरिएको छ । कार्यालयको शुभारम्भ अध्यक्ष नेपालले गर्नेकार्यक्रम रहेको बताइएको छ ।

नेकपा एमालेबाट विभाजन भइ माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामप्रसाद भण्डारीलाई चयन गरेको

सिन्धुली। नेकपा एमाले तीनपाटन गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट छत्र बहादुर दाहाल सर्वसम्मत निर्वाचित भएका छन्

सिन्धुली । नेकपा एमाले सुनकोसी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले रोमनराज गिरी (अशोक) लाई