सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : भिम रावल



नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन् ।

नेकपा एमाले विभाजनपछि पहिलो पटक गृह जिल्ला अछाम पुगेका रावलले सदरमुकाम मंगलसेनमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै लोकतन्त्र, विधिको शासन, अग्रगमन भन्दै वकालत गरेर सरकारमा गएकाहरू देश र जनताप्रति उदासीन भएको आरोप लगाए ।

‘दुई महिनादेखि सरकार विस्तार भएको छैन । सत्ता साझेदार दलहरू बढी कमिसन आउने मन्त्रालय ताकेर बसेका छन् । यो जनताप्रतिको चरम उदासीनता हो’, नेता रावलले भने । उनले नेपालमा प्रजातन्त्रको स्थापना तथा बजेट जारी गर्ने प्रक्रिया सुरु भएदेखि हालसम्म नभएको घटना घटेको बताए । बजेट संसदबाट पारित हुन नसकेर सरकारले खर्च गर्न नपाउने अवस्था आएकोप्रति उनले खेद व्यक्त गरे ।

नेता रावलले आफूले जहिले पनि निःस्वार्थ रूपमा देश र जनताको भलाई, पार्टीको हित तथा राष्ट्रियताको पक्षमा आवाज उठाइरहेको प्रस्टोक्ति दिए । उनले पार्टी फुटको पीडा सिंगो देश र एमालेले नराम्रोसँग भोगिसकेकाले पार्टी विभाजन कसैको हितमा नभएको बताए ।

आफूले विषय र गुणदोषका आधारमा बोल्ने गरेको तर राष्ट्रियता, स्वाधीनता र अखण्डता पार्टी भन्दामाथि रहने रावलले बताए ।

आफूले वर्षौँदेखि माया गरेका र भरोसा गरेको एमालेको पंक्ति एमालेमै रहेको भन्दै पार्टी त्यागेकाहरूलाई समयले नै जवाफ दिने बताए । एमाले जिल्ला उपाध्यक्ष नन्दसिंह कडायको अध्यक्षतामा भएको कार्यक्रममा नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । बिप्लब नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अजेरास्ववियू(क्रान्तिकारी) सिन्धुलीले विभिन्न मागहरू राख्दै प्याबसन र एनप्याबसन सिन्धुलीलाई आज

सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् युथफोर्स उपप्रमुख पुष्पराज श्रेष्ठले सिन्धुली माओवादी नेता राजन दाहालको साम्राज्य नभएको

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ को