सन्दीपले काठमाडौं किंग्सको कप्तानी गर्ने



बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलेभेन टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् ।

बिहीबार क्लबले एक विज्ञप्ति जारी गर्दै क्लबको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले गर्ने बताएको हो ।

यस प्रतियोगिताका लागि शिवम् सिमेन्टलाई मुख्य प्रायोजकका रूपमा लिइएको छ । लिग आगामी ९ देखि २३ असोजसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।

नेपाली बलर सन्दीप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौं किंग्स इलेभेन टिममा अन्तर्राष्ट्रिय अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन् ।

यस्तै, गुल्सन झा, सुवास खकुरेल र सिद्धान्त लोहनीलगायतका खेलाडी पनि टिममा रहेका छन् ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

सिन्धुली । सिन्धुलीमाढीमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा वाईसिएललाई पराजित, अखिल(क्रान्तिकारी) विजयी भएको छ । बडा दशैं तथा तिहारको अवसरमा नेकपा(माओवादी

सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटी (काठमाडौं खेल मण्डल) र स्पोर्ट्स कीट ब्रान्ड केल्मीबीच चार वर्षको सम्झौता