कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने



कमेडी शो ‘सेलिब्रेटी ज्याम अप’ प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम ‘सेलिब्रेटी ज्याम अप’ दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको छ ।

युट्युब च्यानल एमपी इन्टरटेन्मेन्टबाट हरेक बुधबार बेलुका ७ बजे प्रसारण शोमा चर्चित व्यक्तित्वसँग मिठो भलाकुसारी गर्दै हाँस्ने, खाने, नाच्ने र दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाइनेछ ।

पृथक स्वादको हाँस्ने, हँसाउने कार्यक्रम रहेको कार्यक्रमका निर्देशक राजु पुडासैनीले बताए । चलेका कलाकार, फिल्मी स्टार, साहित्यकार, खेलाडी, चर्चित व्यक्तित्व, कमेडियन, समाजसेवीको जीवनका रमाइलो पाटाहरु खोतल्दै,उनीहरुको जीवनको रमाइलो पक्षलाई हाँस्य रसमा प्रस्तुत गर्ने उद्देश्य लिएको कार्यक्रमको प्रस्तोता रित्तिका खरेल छिन् । कुमारमणी गजुरेल, रुकमिला अधिकारीले रोस्टिङ्ग गर्नेछन् । साथै लाइभ संगीतको प्रस्तुति रहने छ ।

संगीत संयोजनमा अनोज चित्रकार, विवेक थापा र सागर तामाङ छन्। दर्शकको प्रत्यक्ष उपस्थितिमा कार्यक्रमको प्रस्तुति रहने छ ।

कार्यक्रमको छायाँकनमा सुशील बास्कोटा, रोशन थापा, निलकमल मोक्तान रहेका छन् । दृश्य सम्पादन विष्णु काप्लेले गरेका छन् । साउण्ड र लाइटमा ओम साउड सिस्टमले हेरेको छ ।

कार्यक्रममा हाँस्न, खान, नाच्न भरपुर पाइने निर्माता माता पार्वती इन्टरटेन्मेन्टले जनाएको छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अहिलेकी चर्चित मोडल तथा कलाकार गरिमा शर्माको सुन्दरता झल्कने अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगम थपलियाको स्वरमा रहेको

सिन्धुलीका लोकप्रिय सर्जक एवम् गायक श्याम अधिकारीको पछिल्लो गीत सार्बजनिक भएको छ । अधिकारीको परदेशी बाध्यता र बिवस्ताको को कारण

पूर्ण लम्साल र लक्ष्मी ओली अभिनित ‘एकादेशको कथा’ बोलको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। यसअघि यी दुईको अभिनयमा