पछिल्लाे २४ घन्टामा ९०० जनामा कोरोना संक्रमण पुष्टि, ४ काे मृत्यु



पछिल्लाे २४ घन्टामा देशभरबाट ९ सय जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ६ हजार १ सय ५८ गरिएको नमुना परीक्षणको नतिजामा कुल ९ सय जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ९ सय जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ । यीमध्ये ५ हजार ८ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ सय ८६ , ललितपुरमा ४३ र भक्तपुरमा १९ जना गरी उपत्यकामा ३ सय ४८ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ सय जना र भेन्टिलेटरमा ३८ जना उपचाररत छन् ।

मंगलबार देशभर ५ सय ८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका २ सय ८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७४ हजार ८ सय १२ जना पुगेको छ । निको हुने दर ९७.१ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालीहरुको महान् चाड वडा दशैं, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विशेष सुरक्षा योजना बनाएको छ ।

सिन्धुली । चर्को आवाज निकाल्ने  मोडिफाई गरिएका मोटरसाइकलहरु सडकमा गुडिरहँदा पनि प्रहरी मौन बसेको छ । सिन्धुलीमा पछिल्लो समय केही

सिन्धुलीको दुधौली नगरपालिका २ जलकिनि र तीनचम्के बाट भरुवा बन्दुक सहित पाँच जना पक्राउ पसेका छन् । बन्दुक सहित जलकिनी