एनआरटी र केल्मीबीच सहकार्य सम्झाैता



सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटी (काठमाडौं खेल मण्डल) र स्पोर्ट्स कीट ब्रान्ड केल्मीबीच चार वर्षको सम्झौता भएको छ ।

बुधबार क्लबले त्रिपुरेस्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै आगामी चार वर्षको लागि सहकार्य गरेको हो ।

एनआरटीले कामारु ट्रेडिङ प्रालिको केल्मी ब्राण्डसँग चार वर्षका लागि सम्झौता गरेको हो । सम्झौताअनुसार एनआरटीले आफूले खेल्ने प्रतियोगितामा चारवर्षसम्म केल्मी ब्राण्डको ट्र्याक सुट, होम एन्ड अवे जर्सी, बिब्स र बल प्रयोग गर्नेछ ।

सम्झौतापत्रमा एनआरटीबाट अध्यक्ष सुन्दर जोशी तथा महासचिव नरेन्द्र श्रेष्ठ र केल्मीकातर्फबाट निर्देशक प्रदिप न्यौपाने र उत्तम न्यौपानेले हस्ताक्षर गरेर सम्झौता पत्र आदान प्रदान गरे ।

सम्झौता चार वर्ष मात्र होइन ४० वर्षसम्म पु¥याउँछौँ । क्लबसँग आगामी दिनमा समन्वय गरेर अगाडि बढ्नेछौँ’, केल्मीका निर्देशक प्रदिप न्यौपानेले बताए ।

एनआएटीका महासचिव श्रेष्ठले केल्मीसँगको सहकार्यले क्लबलाई लिग खेल्न सहज हुने र यसलाई आगामी यात्राको लागि एउटा खुट्किलो भएको बताए ।

क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधिी पाँचपटक जितिसकेको छ । क्लबले यसपटकसमेत उपाधिी जित्ने योजना रहेको बताएको छ ।

यस सिजन क्लबमा राष्ट्रिय खेलाडी एरिक बिस्ट, दर्शन गुरुङ, बिक्रम धिमाल, राजेश परियार, विदेशी खेलाडी मेसुके र स्टेफन छन् ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

सिन्धुली । सिन्धुलीमाढीमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा वाईसिएललाई पराजित, अखिल(क्रान्तिकारी) विजयी भएको छ । बडा दशैं तथा तिहारको अवसरमा नेकपा(माओवादी

बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलेभेन टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । बिहीबार क्लबले