श्रीलंकाली क्रिकेटर मालिंगाले लिए संन्यास



श्रीलंकाका तीब्र गतिका बलर लासिथ मालिंगाले सबै खाले क्रिकेट खेलबाट संन्यास लिएका छन् ।

मंगलबार ३८ वर्षीय मालिंगाले सबै खाले क्रिकेट खेलबाट संन्यास लिएका हुन् । यसअघि मालिंगाले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिए पनि क्लबस्तरीय प्रतियोगिताबाट भने खेलिरहेका थिए ।

मालिंगाले श्रीलंकाको टेस्ट, ओडीआई र टी-२० सबै खाले क्रिकेट प्रतियोगिमा सहभागिता जनाएका थिए ।

मालिंगाले सन् २००४ मा टेस्ट क्रिकेटमा अस्ट्रेलियासँग खेल्दै डेब्यु गरेका थिए । यस्तै, अन्तिम टेस्टका रूपमा सन् २०१० मा भारतविरुद्ध खेलेका थिए ।

ओडीआईमा भने यूएईविरुद्ध सन् २००४ मा खेल्दै डेब्यु गरेका थिए भने अन्तिम खेल सन् २०१९ मा बंगलादेशविरुद्ध खेलेका थिए ।

यता, टी-२० खेलको डेब्यु सन् २००६ मा इंग्ल्याण्डविरुद्ध गरेका थिए भने अन्तिम खेल सन् २०२० मा वेष्ट इण्डिजविरुद्ध खेलेका थिए ।

मालिंगाले श्रीलंकाको राष्ट्रिय टोलीसँगै क्बलस्तरीय खेल भने आईपीएलमा मुम्बई इण्डियन्सलगायत एक दर्जनभन्दा बढी देशका घरेलु लिग खेलेका छन् ।

मालिंगाको कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी-२० विश्वकप जितेको थियो । ३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २२६ एक दिवसीय र ८४ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

सिन्धुली । सिन्धुलीमाढीमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा वाईसिएललाई पराजित, अखिल(क्रान्तिकारी) विजयी भएको छ । बडा दशैं तथा तिहारको अवसरमा नेकपा(माओवादी

बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलेभेन टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । बिहीबार क्लबले