संघको उत्तम, प्रदेश उत्कृष्ट



रौतहट । उमेरले ४० वर्षको हाराहारीमा रहेका सहसचिव इन्द्रदेव यादव रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन् ।

यादवले प्रजिअ भएर कामग रेको यो पहिलो जिल्ला हो । उनले एक वर्षअघि रौतहटको प्रजिअको जिम्मेवारी पाएका थिए । २०२४ सालदेखि यस जिल्लामा ५४ जना प्रजिअले जिम्मेवारी पाएको अभिलेख छ ।

तर, कार्यसम्पादन मूल्यांकनमा रौतहट सधैँ पछाडि रहेको पाइन्छ । गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकन सूचीमा ६०औँ स्थानको हाराहारीमा हुने रौतहट जिल्ला यस वर्ष उत्तम श्रेणीमा परेको छ ।

रौतहट भन्नेबित्तिकै इमान्दार कर्मचारीहरूको रोजाइको जिल्ला पर्दैन । आचरण खराब भएका, सेवा अवधि सकिन लागेकाहरूलाई प्रमुख बनाएर यहाँ खटाउने चलन जस्तै छ । नेताहरूले आफ्ना पक्षका प्रशासकहरू ल्याउने पनि गरेका छन् ।

इमान्दार र जागिरे जीवनमा भविष्य बोकेकाहरू विवादमा परिने, जोखिममा पर्ने भयले सकभर यहाँ आउनै मान्दैनन्, आए पनि चाँडै सरुवा गराएर जान चाहन्छन् ।

यो जिल्ला सुरक्षा निकायका प्रमुखहरूका लागि पनि चुनौतीपूर्ण जिल्ला हो । यहाँ धेरै सुरक्षा निकायका प्रमुखहरू विवादमा मुछिएका पनि छन् ।

अपराध, सिमानामा हुने विभिन्न विवाद, तस्करी, बाढी, डुबान जस्ता विपद् र जोखिम नियन्त्रण, सुशासन, सार्वजनिक सेवा प्रवाह जस्ता क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न यस जिल्लामा धेरै चुनौतीहरू छन् । राजनीतिक दलका नेताको दबाब पनि यहाँका प्रशासकहरूले उत्तिकै झेल्नुपर्छ ।

विगत वर्षहरूमा गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकन सूचीमा ६०औँ स्थानको हाराहारीमा हुने रौतहट आर्थिक वर्ष २०७७/०७८ मा १९औँ स्थानमा आइपुगेको छ । यो स्थान गृह मन्त्रालयको उत्तम श्रेणीमा पर्छ ।

यस वर्ष देशभरका ७७ जिल्लामध्ये १९औँ र प्रदेश २ का आठ जिल्लामध्ये रौतहट प्रथम स्थानमा मूल्यांकन भएको प्रजिअ यादवले जानकारी दिए ।

जिल्लाबासीको सहयोग र समन्वय तथा आफूले इमान्दारीका साथ प्रशासकीय भूमिका निर्वाह गरेकाले सफलता मिलेको उनी बताउँछन् ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले तीनपाटन गाउँपालिकाको बिकासको लागि सामाजिक सक्रियता बढाउने बताएका छन्। तीनपाटन

करीव दुई बर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक https://infobank.bagamati.gov.np/ सञ्चालनमा

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ ।‌