प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक



शिक्षा पत्रकार प्रकृति अधिकारीले राणाकालमा स्थापना भएका विद्यालयबारे लेखिएको पुस्तक ‘राणाकालीन शिक्षा’सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा बुधबार शिक्षा, विज्ञान तथा प्रविधि सचिव रामप्रसाद थपलिया, मन्त्रालयका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

राणाकालको १०४ वर्षको अवधिमा शिक्षाको विकासक्रमका बारेमा खोज मूलक तथा ऐतिहासिक सामग्रीसहितको पुस्तकमा राणाकालीन शैक्षिक लिखत, दस्तावेज आदि समावेश गरिएका छन् ।

लेखक अधिकारीले पुस्तकमा राणाशासन कालमा नेपालका शिक्षाको अवस्थाको बारेमा लेखिएको बताए । यसअघि उनले ‘एसएलसीको इतिहास’नामक पुस्तक २०७४ सालमा प्रकाशित गरेका थिए ।

निरंकुश शासकले शिक्षालाई कसरी भित्र्याए र उच्च शिक्षासम्म जनताको पहुँचमा किन र कसरी पुर्‍याए भन्ने बेलीबिस्तार पुस्तकमा गरिएको छ ।

पुस्तकमा दरबार हाइस्कुलका शिक्षक र उनको खान्की, भाषा पाठशाला स्थापना भएका स्थान र नियुक्त शिक्षकहरूको फेहरिस्त, एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रकको नियुक्ति, एसएलसी परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेकी पहिलो छात्रा, पाठ्य पुस्तक सम्बन्धी गरिएको व्यवस्था, चन्द्रशमशेरको निधनपछि उनको दराजबाट झिकिएको लिखत आदिका बारेमा उल्लेख गरिएको पाइन्छ ।

यस्तै पुस्तकमा कन्या शिक्षा, कला पाठशाला, पौढ शिक्षा, स्रेस्ता पाठशाला र पास जाँच अड्डा लगायत विभिन्न १५ विषयमा लेखिएको छ ।


...

सिन्धुली दर्पण

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी सिन्धुली जिल्ला र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५४०४२६७७

[email protected]


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल सहित विभिन्न मुलुकका १० चलचित्र निर्माता तथा भ्लगर्स सगरमाथा आधार शिविरमा पदयात्रामा निस्कने भएका छन् । २५ पटक सगरमाथा

बल्ल पाँच औँलाले भरिएको एउटा हत्केलोहात हेर्नोस् त कस्तो सुहाउँदो छअनि आज साँझ देशलाई हेर्नोस्ठिक्क पुग्यो!सर्वोच्च अदालत राजबिराज ल्याउनु पर्‍योसप्तरी

बन्न सकिन म विश्व सामु सबैले चिन्ने  गौतम बुद्ध बेचिएका ती हजारौँ चेलीको उद्धार गर्न सक्ने बन्न सकिन म अनुराधा